२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

अर्घाखाँचीः अहिलेसम्म मर्मत भएनन् अधिकांश ग्रामीण सडक

Workplace

बर्खा सकिएर हिउँदको समय लागेको पनि लामो समय भईसक्यो । बर्खामा पहिरोले भत्किएका तथा पानीले बिगारेका अर्घाखाँचीका अधिकांश ग्रामीण सडक अहिलेसम्म पनि मर्मत भएका छैनन् । अहिले चार्डपर्वको समय पनि छ भर्खरै दशैलाई बिदा गरेर तिहार पर्वलाई स्वागत गरिदैँ छ । मेलापर्वको समयमा पनि ग्रामिण सडकको मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नु परेको हो । सहरबाट चाडबाड मनाउन गाउँ गएकाहरु सडक मर्मत नहुँदा हिडेरै पनि जान बाध्य भएका छन् । गाउँका कच्चि सडक भत्किएका छन् । भत्किएका सडक मर्मतमा खास्सै स्थानीय निकायको चासो नगएको हो कि भन्ने पनि देखिन्छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिकाका अधिकाशं सडक अहिलेसम्म मर्मत भएका छैनन् । अहिलेसम्म पालिकाका १०/१५ प्रतिशत सडक मात्र मर्मत भएका छन् । मर्मत भएका सडकको अवस्था पनि दयानीय छ, जनताको आँखामा छाह्रो हाल्ने मात्रै काम भएको स्थानीयहरु बताउँन्छन् । हरेक वर्ष मालारानीका सडक दशै अघि नै मर्मत हुने गरेकोमा यस वर्ष भने मर्मतमा ढिलाई भएको छ । मालाारानीका ग्रामिण सडक मर्मत गर्ने अधिकार वडाहरुलाई दिइएको मालारानी गाउँपालिकाले जनाएको छ । मालारानी गाउँपालिकाका एक वडाले सडक मर्मतका लागि ३ लाख जति खर्च गर्छन् यसरी पालिकाभर २७ लाख सडक मर्मतमा खर्च हुन्छ । तर यसको परिणाम भने जनताले अपेक्षा गरेअनुसार देखिएको छैन् ।

ग्रामिण सडकहरुको मर्मत नहुदा सवारी चालकहरुलाई पनि कठिनाई भएको छ । बाटो मर्मत भएको बेला आधा घण्टामा जान सकिने ठाउँमा अहिले एक घण्टाभन्दा बढी समय लाग्ने गरेको सवारी चालक अनिल वि.कले बताए । ‘गाउँमा जाने धेरै सडक मर्मत भएका छैनन, यसले गर्दा यात्रा गर्न निकै कठिन भइरहेको छ,’ उनले भने ‘मर्मत भएका सडकहरुको अवस्था पनि त्यस्तै छ ।’

यसो त देशकै सबैभन्दा ठुलो नगरपालिका भनेर चिनिने शितगंगा नगरपालिकाका पनि अधिकांश सडक मर्मत भएका छैनन् । १४ वटा वडा रहेको यस नगरपालिकामा सडक मर्मतका लागि वार्षिक ३ करोड खर्च हुन्छ तर अहिलेसम्म केही सडक मात्र मर्मत भएका छन् ।

अर्घाखाँची जिल्ला गाउँगाउँमा सडक पुग्ने देशकै पहिलो जिल्ला हो । तर यहाँका सडकले मर्मत नपाउँदा यात्रा गर्न असहज भइरहेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै