१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

दशैमा नाचिने ‘सराय नाच’ यस वर्षलाई सकियो

Workplace

नवीन रसाइली अर्घाखाँची । ‘वाख्खै हो, वाख्खै हो’ भन्दै पञ्चे बाजाको तालमा नाचिने सराय नाच यस वर्षलाई सकिएको छ । दशैको भलिपल्ट अर्थात एकादशी देखि पुर्णिामा सम्म विभिन्न कोट तथा शक्तिपीठहरुमा नाचिने यो नाच अर्घाखाँची जिल्लाको पनि मौलिक नाच हो । घरमा भएका तरवार, खुँडा, खुकुरी लगायत हतियारलाई हातमा लिई बाजको तालमा आलामको वरिपरि घुम्दै वाख्खै हो भन्दै नाचिन्छ सराय ।

अर्घाखाँचीको अर्घा भगवती मन्दिर, खाँचीकोट, रागाँमारे मन्दिर , मालारानी मन्दिर, ठाडाको कालिका भगवती मन्दिर लगायत जिल्लाका धेरै ठाउँमा सराय नाच्ने गरिन्छ भने गुल्मी, प्युठान, पाल्पा, स्याङ्जा लगायतका छिमेकी जिल्लाका विभिन्न कोट, दुर्गा र कालिका मन्दिरहरुमा सराय नाच्ने चलन छ । सराय नाच प्रति युवाहरूको आकर्षण बढ्दो रहेको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए । विदेशबाट दशै मनाउन घर आएका युवाहरु पनि सराय नाचमा रमाइरहेका देखिन्थे ।

अर्घाखाँचीको अर्घा भगवती मन्दिरमा पुर्णिामाको दिन सराय नाचिन्छ । यहाँको सराय नाच यस क्षेत्रमै ऐतिहासिक मानिन्छ । यहाँको सराय नाच हेर्न र देवीका आलामको पुँजा गर्न, अक्षता चढाउन टाढा-टाढाबाट मानिसहरु आउने अर्घा भगवती मन्दिरका अध्यक्ष सरोज भुसालले जानकारी दिए । भुसालका अनुसार दानवसँगको लडाइँमा भगवतीले जितेको उपलक्ष्यमा विजयोत्सवका रुपमा सराय नाचिएको हो ।

सराय हेर्न आएका दर्शनार्थीको भिड अर्घामा/ तस्बिर : नवीन रसाइली

खासगरी सराय नाच्न र मन्दिरमा दर्शन गर्न अधिकांश मानिसहरू घरमा ढोका लगाएरै जाने गर्छन् । यसरी मन्दिरमा जाने दर्शनार्थीहरू बिहानै नुहाएर टपरीमा फूलपाती लिएर मन्दिरमा भेटीसहित जाने र चढाउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै