कृष्ण भुसाल
मे ५ १८१८ तारिखको दिन माक्र्सवादका प्रतिपादक तथा बैज्ञानिक समाजवादका सिद्धान्तकार कार्ल माक्र्सको जन्म जर्मनको राइन प्रान्तमा एक सभ्य परिवारमा भएको थियो । कार्ल माक्र्सले आफ्ना अनन्य मित्र फ्रेडरिक एंगेल्सको सहयोगमा कम्युनिष्ट लिगको तर्फबाट सन १८४८ फेब्रुअरी १२ तारिखको दिन कम्युनिष्ट घोषणापत्र जारि गर्नुभयो । त्यस पश्चात कम्युनिष्ट घोषणापत्र विश्व सर्बहारा बर्गको मुक्तिको सिद्धान्त र मागदर्शक सिद्धान्त बन्यो । कम्युनिष्ट घोषणापत्रको पहिलो प्रकाशन हुँदा कार्ल माक्र्सको उमेर २९ बर्ष र फ्रेडरिक एंगेल्सकको उमेर २७ बर्ष मात्रै थियो । घोषणापत्र तयार गर्दाको समयमा मजदुर वर्ग स्वतन्त्र सामाजिक शक्तिको रुपमा स्थापित हुने कुराको कल्पना समेत गर्न कठिन थियो । त्यतिबेला मजदुर वर्गहरुको संगठित आन्दोलनलाई राज्यसत्ताको विकल्पको रुपमा लिने अवसथा नै थिएन । त्यस समयमा कम्युनिष्ट पार्टीको घोषणापत्रका माध्ययमबाट माक्र्स र एंगेल्सले मजदुर वर्ग स्वतन्त्र स्वतन्त्र सामाजिक शक्तिका रुपमा विकास भइरहेको कुरामात्र गर्नुभएको थिएन , उहाँहरुले मजदुर वर्गकै नेतृत्वमा हुने राजनैतिक क्रान्तिले उदाउँदै गरेको पुँजिवादको अन्त्य हुने समेत उद्घोष समेत गर्नुभयो । साथै पुँजीवादको अन्त्यपछि श्रमजिवि बर्गको नेतृत्वमा समाजवाद हुँदै साम्यवाद निमार्ण हुने वैज्ञानिक निष्कर्ष अगाडी सार्नुभयो । वास्तवमै कम्युनिष्ट घोषणापत्रको प्रकाशनलेनै सर्वहारा, श्रमजिवि वर्ग एउटा नयाँ राजनैतिक शक्तिको रुपमा स्थापित भयो ।
पुँजीवादी राजनैतिक अर्थशास्त्रको गहन अध्ययनको क्रममा कार्ल माक्र्सले , पुँजीवादको पत्रहरु केलाउँदै सन १८६७ मा पुँजीको प्रथम खण्ड प्रकाशन गर्नुभयो । त्यसले माक्र्सलाई मजदुर वर्गको बिचमा मात्रै होइन, बौद्धिक बर्गका बिचमा पनि गहिरो गरि स्थापित गर्ने काम गर्यो । कार्ल माक्र्सद्वारा लिखित पुँजीको दोस्रो र तेस्रो खण्ड चाहिँ उहाँको अवसानपछि उहाँका अनन्य मित्र एंगेल्सले प्रकाशनमा ल्याउनुभयो । माक्र्सद्वारत्रमा लिखित पुँजीको तिन खण्डहरु अध्ययन गर्ने जो कोहिलेपनि माक्र्सको राजनैतिक अर्थशास्त्रमा कति गहन दखल थियो भन्ने कुरा सजिलै अनुमान गर्न सक्दछन । साथै माक्र्सको देहान्तपछि पनि पुँजीको दोस्रो र तेस्रो खण्ड प्रकाशन हुनुले माक्र्सवादको विकासमा माक्र्स एंगेल्सको सहकार्य कस्तो रहेछ भन्ने कुरा प्रष्ट पार्दछ ।
माक्र्सको जीवनकाल भन्दा पहिले पनि समाजवादका चिन्तक नभएका होइनन । माक्र्स खास खालको ऐतिहासिक कालखण्डमा वा पुँजीवादी युगमा जन्मीएको हुनाले उनले पुँजीवाद अगाडिको मानव इतिहासको वर्गीकरण गर्नको लागि विभिन्न दार्शनिकहरुका विचारधारालाई आत्मसात गरेको पाइन्छ । दार्शनिक कार्ल माक्र्स भन्दा पहिले समाजवादका चिन्तकहरुमा सेन्ट सायमन , चाल्र्स फुरिए, रोबर्ट आवेन आदि थिए । माक्र्सवादले मानव प्रकृति वा स्वभावलाई श्रमको सक्षमताको लागि उद्देश्यपुर्ण र रचनात्मक कार्यमा प्रयोग हुन्छ भनेर चित्रण गरेकोे छ । जतिबेला माक्र्सवादको बिकास भयो त्यतिबेला विश्व यति खुला भइसकेको थिएन । ज्ञान सिद्धान्तहरु प्नि एक ठाउँबाट अर्को ठाउँमा सहजै हस्तान्तरण हुने अवस्था तयार भइसकेको थिएन । तसर्थ माक्र्सवादको विकासमा युरोपेली समाजको वर्ग संघर्ष र त्यहाँ विकास भएका ज्ञान सिद्धान्तहरुको भुमिका ज्यादा रहेको पाइन्छ । कार्ल माक्र्स आफैले पनि युरोपको मजदुर आन्दोलन र राजनैतिक आन्दोलनलाई नजिकबाट अध्ययन गर्नुभयो साथै प्रत्यक्ष र परोक्ष रुपमा सहभागि हुनुभयो । माक्र्सपछिको समयमा माक्र्सवादको सिर्जनात्मक विकासको पक्षसमेत एक हदसम्म ओझेलमा पर्यो ।
समकालिन विश्व परिस्थितीमा माक्र्सवादको सान्र्दभिकताको कुरा गरिरहँदा विश्व प्रशिद्ध कम्युनिष्ट घोषणपत्रको प्रकाशन भएको पनि १७२ बर्ष पुगेको छ । यस अवधिमा पुँजीवादी दुनियाँ र विश्व कम्युनिष्ट आन्दोलनमा निके ठुलो परिवर्तन आइसकेको छ । अक्टोबर क्रान्तिको सफलतापछि विश्व व्यवस्थाको एक महत्वपुर्ण हिस्सा बन्न सफल भएको कम्युनिष्ट आन्दोलन सोभियत संघको बिघटनछि रक्षात्मक अवस्थामा पुगैकै हो । राज्यसत्ताको सवालमा विश्व कम्युनिष्ट आन्दोलन यतिबेला कमजोर अवस्थामानै रहेको छ । आफ्नो देशको विशेषतामा आधारित रहेर माक्र्सवादको सिर्जनात्मक प्रयोगको नाममा माक्र्सवादको आम बुझाइमा समेत समस्या देखिएको छ । माक्र्सवाद लागु गर्ने सन्दर्भमा उर्पयुक्त राजनैतिक प्रणाली कसतो रहने भन्ने सन्र्दभमा समेत बहस चलाउन जरुरी देखिन्छ । साथै माक्र्सवादी दर्शनले मानव समाजको संबृद्धिमा के कस्ता प्रभाव पारेका छन छन भन्ने विषयमा पनि बहस सुरु गर्नु आवश्यक छ ।
आज धेरै विद्वान तथा विश्लेषकहरुले यो बुझेका छन कि माक्र्सवादी दर्शन विश्वको व्याख्या गर्न र विद्यमान बिरोधावासहरुले ल्याएको सामाजिक आर्थीक संकटबाट छुटकरा दिनको लागि अत्यन्तै सुसंगत दर्शन हो । समकालिन समाजका केहि बुर्जुवा बौद्धिकहरले पनि, माक्र्सले निचोड निकालेको मानव क्ष्तिहास , वर्गीय विभेदको धारणा र सामाजिक विकासको आर्थीक नियमलाई उपयोग गर्नुपर्ने आवश्यकता बुझेका छन । हालसालै ग्रीसका अर्थशास्त्री, शिक्षाविद एवं पुर्व अर्थमन्त्री यानिस वरौफकिस लेख्छन कि , माक्र्सको विश्लेषण वर्तमान द्विबिधा बुझ्नको लागि र यसबाट निस्कनको लागि प्रयोग गरिने चाबि हो । अहिलेसम्म पनि , बुर्जुवा बौद्धिकहरुले सोभियत संघको पतनलाई माक्र्सवादी दर्शनको झुठा प्रमाणको रुपमा औँल्याएपनि समग्रमा पुँजीवादी संकटबाट पार लगाउने चाबी भनेकै माक्र्सवाद हो ।
सोभियत संघको बिघटनलाई सिंगो माक्र्सवादको असफलता संग जोड्नु किमार्थ सहि होइन । सोभियत संघ बिघटन हुनुमा विभिन्न आन्तरीक समस्याहरु रहेका देखिन्छन , जस्तै सबै घटक राज्यहरुलाई संवैधानिक रुपमै आत्मनिर्णयको अधिकार प्रदान गरिनु, राज्य संस्थाका प्रतिनिधिहरु जनताको सेवकको रुपमा भन्दा नोकरशाहि रुपले प्रस्तुत हुनु , जनताबाट पार्टी अलग हुनु , भिन्न मतलाई दबाइनु , कृषि प्रणाली र उद्योगलाई आधुनिकिकरण गर्न नसक्नु , पश्चिमि देशमा पेट्रोलियम पदार्थमा आएको लगातार गिराबटले अर्थव्यवस्थालाई असुरक्षित बनाउनु, चरम गुटबन्दी आदी थिए । यि समस्याहरुलाई र कमजोरीहरुलाई माक्र्सवादको असफलता संग जोड्नु कुनै पनि बिन्दुबाट पनि सान्र्दभिक देखिँदैन । माक्र्सवाद विश्वमा असफल भएको होइन बरु सोभियत नुमुना मात्रै असफल भएको मान्न सकिन्छ । कार्ल माक्र्स र कम्युनिष्ट बिचारधाराका धेरै आलोचकहरुले प्राय सामान्य अनुसन्धानकै आधारमा वा सतहि रुपमै आलोचना गरेको पाइन्छ । त्यो कदापि राम्रो होइन ।
माक्र्सवादको सान्दर्भिकता दिन प्रतिदिन बढ्दै गइरहेको छ , किनभने यो विश्व सर्वहाराबर्ग र उत्पीडित बर्गसंग जोडिएको छ । आज सर्वहारा , श्रमजिवि वर्गमात्र होइन , महिला, दलित , आदीबासी जनजाती , अल्पसंख्यक समुदायपनि विभिन्न किसिमको दमन , शोषण र विभेदमा परेका छन । अहिलेको अवस्थामा सर्वहारा वर्ग र उत्पीडित जनसमुदायबिच बलियो एकता आवश्यकता कायम हुनु पर्दछ । सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिको लागि माक्र्सवादले नै पथप्रदर्शन गर्दछ । बर्तमान विश्वमा संकटग्रस्त तथा बर्बर साम्राज्यबादको विकल्प केबल माक्र्सवादले मात्र प्रस्तुत गर्न सक्दछ र त्यो विकल्प भनेकै बैज्ञानिक समाजबाद हो । माक्र्सवाद स्थिर रहन सक्दैन, यो गतिशिल विज्ञान हो र यसले प्रयोगको माग गर्दछ । यसको विकास प्रयोगका बिचबाटै हुने गर्दछ ।
माक्र्सवाद सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले वैज्ञानिक र सर्वश्रेष्ठ रहेको छ दर्शनको क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद , राजनैतिक अर्थशास्त्रको क्षेत्रमा श्रमको मुल्य तथा अतिरिक्त मुल्यको सिद्धान्त , समाजवादको क्षेत्रमा वर्ग , वर्ग संघर्ष , सर्वहारावर्गको अधिनायकत्व एवं राज्य सत्ताको बिलोपिकरण अर्थात साम्यवादमा आधारित प्रस्थापना ऐतिहासिक र तार्किक दुवै दृष्टिले वैज्ञानीक र वस्तुनिष्ठ रहेको छ । माक्र्सवादको विकासमा युरोपेली ज्ञान सिद्धान्तको प्रमुख योगदान रहेको छ , जसलाई रुसि समाजवादी क्रान्तिका नायक लेनिनले माक्र्सवादका तिन स्रोतको रुपमा त्यसको विश्लेषण गर्नुभएको छ । ति स्रोतहरुमा जर्मन दर्शनशास्त्र , बेलायति अर्थशास्त्र र फ्रान्सेली समाजवाद रहेका छन । उहाँले माक्र्सवादका तिन संगठक अंगहरुमा द्वन्द्वात्मक भौतिकवाद , अतिरिक्त मुल्यको सिद्धान्त र वर्ग संघर्षको सिद्धान्तको उल्लेख गर्नुभएको छ । ति सवै क्षेत्रमा माक्र्स र एंगेल्सका योगदानहरु ऋद्वितिय रहेका छन । माक्र्सवादका रुपमा स्थापित उहाँहरुका ति बिचार तथा सिद्धान्तहरुले यतिबेलापनि मानवसमाजलाई गहिरोगरि दिशानिर्देश गरिरहेका छन ।