१६ बैशाख २०८२, मंगलबार
१६ बैशाख २०८२, मंगलबार

गजल

गजल

✍️अनुराग अरुण
ललितपुर

चाँदनी रातमा के भयो के भयो
सब भुलेँ बातमा के भयो के भयो

सुस्तरी सामु आयौ जसै छल्किँदै
अङ्गुरी मातमा के भयो के भयो

हात मेरो तिमीले छुने बित्तिकै
तापले हातमा के भयो के भयो

झन दुइटा नदीको हुँदा पो मिलन
प्यारको खातमा के भयो के भयो

कस्सिएकी थियौ बाहुमा बेरिदै
आज उत्पातमा के भयो के भयो

बहर : मुतदारिक मुसम्मन सालिम
अर्कान : २१२ – २१२ – २१२ – २१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै