९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

पर्यटन प्रवर्धनमा पत्रकार तथा संचारकर्मीको भूमिका

Workplace

नेपालमा घुम्न लायक धेरै ठाउँहरु छन् । संसारको सबैभन्दा अग्लो शिखर सगरमाथा पनि यहीँ पर्छ । नेपालमा यस्ता धेरै ठाउँहरु छन् जहाँ पर्यटकको नजर अझै पुग्न सकेको छैन । त्यस्ता ठाउँको राम्रो प्रचारप्रसार हुन नसक्दा पनि पर्यटकको नजर नपुगेको हो । यसले गर्दा नेपाली पर्यटनको विश्व बजारमा पहुँच पुग्न सकेको छैन ।

पर्यटन क्षेत्र देशको सबैभन्दा धेरै अर्थतन्त्र धान्न सक्ने साधन पनि बन्न सक्छ । तर नेपालमा पर्यटकीय क्षेत्रको विकासमा ढिलाइ हुनु पनि पर्यटनको विकासको चुनौती हो । विश्व बजारमा परिचित नेपालका पर्यटकीय स्थलहरु पर्यटकको रोजाइ परेका छन् । जस्तैः लुम्बिनी, पशुपतिनाथ, पोखराको फेवाताल, विभिन्न हिमालयहरु आदि ।

यस्तै विश्व बजारमा परिचित नेपालका पर्यटकीय स्थलहरु मध्ये अर्घाखाँचीको सुपा देउराली मन्दिर पनि हो जहाँ दैनिक ४/५ सय आन्तरिक तथा बाह्य पर्यटक आउन्छन् । अर्घाखाँचीमा यस्ता धेरै पर्यटकीय स्थलहरु छन् जुनको विकास र व्यापक प्रचारप्रसार हुन नसक्दा पर्यटकको नजर पर्न सकेको छैन् ।

अर्घाखाँचीको सुपा देउराली मन्दिर

जिल्लामा पर्यटकीय क्षेत्रमात्र होइन अन्य क्षेत्रको पनि विकास हुन सकेको छैन् । गोरुसिंगे- सन्धिखर्क सडक समेत यति लामो समय हुँदासम्म विकास हुन सकेको छैन् । अन्य सडक, खानेपानी, शिक्षा, स्वास्थको विकास हुन नसक्नु जिल्लाको लागि दुःखद हो । अर्घाखाँचीले धेरैलाई माननीय देखि मन्त्री सम्म बनायो तर अर्घाखाँचीलाइ बनाउने कोही बनेनन् ।

अर्घाखाँचीको जिल्ला अस्पतालको अवस्था त्यस्तै दयनीय छ । दैनिक २ सय देखि ३ सय सम्म बिरामी आउने जिल्लाको अस्पतालमा जनशक्तिको अभाव देखि भौतिक अवस्थाको अभाव छ ।

यस्तै शिक्षा तर्फको कुरा गर्ने हो भने जिल्लाको शैक्षिक धरोहर भनेर चिनिने पाणिनि बहुमुखी क्याम्पस अहिले आर्थिक चपेटामा परेको छ । त्यस क्याम्पसको स्तरवृद्वि तर्फ कसैको ध्यान पुग्न सकेको छैन् ।

यनै जिल्लाका समस्या चुनाव जित्ने मसला बनेका छन् । अर्घाखाँचीमा संचालन हुने भनिएको नौमुरे जलविद्युत आयोजनाको काम ठप्प जस्तै छ । राज्यको लगानी समेत बालुवामा पानी खन्याए जस्तै भएको छ । अर्घाखाँचीका धेरै ग्रामीण क्षेत्रमा अहिले घरहरु रित्तिनुका साथै जमिन बाँझीदै गएक‍ छ ।

पत्रकार तथा संचारकर्मीको भूमिका:
अहिलेको विश्व भनेको विज्ञान प्रविधि सँगै संचारको युग हो । त्यसैले हरेक क्षेत्रको विकास, विस्तार र प्रबर्द्धनमा संचार क्षेत्रको भुमिका अपरिहार्य छ । अझ यसरी भन्दा पर्यटन प्रवर्धनमा पत्रकारिताको भुमिका अझ महत्त्वपूर्ण छ । किनभने पर्यटकहरु सञ्चारमाध्यमबाटै कुनै पनि पर्यटकीय ठाउँबारे जानकारी हासिल गरेर मात्र त्यहाँ पुग्ने इच्छा, चाहना राख्छन् ।

अझ पर्यटन प्रवर्धनमा ग्रामीण पत्रकारिताको भूमिका धेरै महत्त्वपूर्ण हुन्छ किनभने ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्ने पत्रकार साथीहरूले त्यस पर्यटन स्थलको सत्यतथ्य समाचार प्रकाशन तथ प्रशारण गर्छन् । तर पछिल्लो समय पत्रकारितामा नै भविष्य सुरक्षित देखिएको छैन् । यो समस्या ग्रामिण पत्रकारितामा धेरै रहेको छ । यसो त ग्रामीण क्षेत्रका पत्रकार ओझेल पर्नु भनेको पर्यटन क्षेत्र ओझेलिनु हो । यसको समाधान खोज्न पनि त्यति कै जरुरी छ ।

यस्तै पर्यटन प्रवर्धनका लागि बिटमा आधारित पत्रकारिता पनि आजको आवश्यकता बनेको छ । त्यसमा ‘पर्यटन पत्रकारिता’ एउटा बिट बनेर त्यसले पर्यटन सम्बन्धि मात्र जानकारी गराउने गर्दा राम्रो हुन्छ । कुनै पनि ठाउँको विकास र पर्यटन प्रबद्र्धनमा सञ्चार क्षेत्रले ठूलो भूमिका खेलेको हुन्छ । सूचना दिनु, शिक्षा दिनु, मनोरञ्जन प्रदान गर्नु, उत्प्रेरित गर्नु र अभिप्रेरणा दिनु पत्रकारिताका उद्देश्य हुन् । यी उद्देश्य पूरा गर्ने काम सञ्चारकर्मी अर्थात् पत्रकारको हो ।

यसै गरि पर्यटन व्यवसायको प्रचार संवेदनशील छ । सकारात्मक प्रचारप्रसारले सकारात्मक योगदान ह्वात्तै बढ्न सक्छ भने थोरै नकारात्मक प्रचारप्रसारले पनि ठूलो प्रभाव पर्न सक्छ । जसका लागि हामी सञ्चारकर्मीले सकरात्मक सन्देश दिनुपर्छ । अर्घाखाँचीका पाणिनी तपोभुमी, अर्घा भगवती, मालारानी मन्दिर, बल्कोट पौवा, छत्रदेवको तेह्र तल्ले मन्दिर पनि आज प्रचारप्रसारको खोजीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै