१९ श्रावण २०८० अर्घाखाँची । कृषि ज्ञानकेन्द्र अर्घाखाँचीकाे आयाेजनामा र जिल्लामा अवस्थित सराेकारवाला निकायहरुकाे समन्वयमा आज जिल्लाकाे सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाका विभिन्न ६ स्थानमा संयुक्त अनुगमन तथा मुल्यांकन कार्यक्रम सम्पन्न भएका छन । अनुगमन तथा मुल्यांकन कार्यक्रममा कृषकहरूले याे अनुदानका कार्यक्रमहरु विचमै छाेड्नु भन्दा निरन्तरता दिदै गर्दा कृषकहरूलाई ठुलाे राहत हुने बताएका छन ।
सन्धिखर्क नगरपालिका वडा नं १० रुब्दि बजारमा संचालित सुर्याेदय कृषि सहकारी संस्था मार्फत ७५% अनुदानमा निर्माण भएकाे सिचाइ कुलाे, वडा नं १ र २ बृत्ति मा संचालित स्मार्ट कृषि गाउँ कार्यक्रम र वडा नं ६ नरपानीमा सुर्य वहादुर भट्टराईले निजि रुपमा संचालन गर्नु भएकाे कृषि फर्म लगायतकाे अनुगमन गरिएकाे थियाे । त्यसैगरि शितगंगा नगरपालिका अनुगमन गर्दा कृषकहरुले उत्साहजनक रुपम उत्पादन गरेकाे अनुगमन टाेलिकाे निष्कर्ष छ । त्यसैगरी शितगंगा नगरपालिका वडा नं २ डाेडकट्टा मा निम वहादुर नेपालीले संचालन गर्नु भएकाे निजि कृषि तथा पशुपन्छि फर्म, वडा नं २ सितापुरमा शितगंगा कृषि तथा पशु विकास महिला कृषि सहकारी संस्थाद्वारा संचालित मनकामना ७ मकैकाे बीउ उत्पादन कार्यक्रम र शितगंगा ३ ठाडा मा आधारशिला साना किसान महिला कृषि तथा पशुपन्छी सहकारी संस्था लागयतकाे पनि अनुगमन गरिएकाे थियाे । सहकारी तथा निजि रुपमा संचालन गरेका कृषि तथा पशुपन्छी व्यवसाय मा आवद्ध सम्पुर्ण व्यक्तिहरुले उत्साहजनक रुपमा उत्पादन गरि बजारिकरण गरेकाे त्यहाँको प्रमुख समस्या जंगली जनावरहरुबाट खेती जाेगाउन गाह्राे परेकाे प्रत्येक्ष अनुगमन तथा प्रतिबेदन मार्फत बुझिएकाे छ ।
अनुगमनका क्रममा जिल्ला समन्वय समिति प्रमुख जीवनारायण काेईरालाले व्यवसायिक रुपमा संचालनग गर्दै आउनु भएकाे कृषि तथा पशुपन्छी संग सम्बन्धित उत्पादनमुखि कार्यहरु अनुदान कार्यक्रमहरु बन्द भएमा छाेड्ने हैन अझ राम्राे तरिका ले निरन्तर संचालन गर्नुपर्ने र पछिल्लो समय सहकारीहरुकाे नाममा गलत क्रियाकलापहरु भएगरेकाेहुदा यी सहकारीहरु त्यस्ताे नभएकाे बुझेर र आगामि दिनहरुमा पनि त्यस्ताे नहुन अनुराेध गर्नु भएकाे थियाे ।
त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले आफुले विभिन्न क्षेत्रमा देखेका र भाेगेका अनुभवहरु प्रस्तुत गर्दै जंगली जनावहरुकाे समस्या यहाँ मात्र नभयर देशैभरि रहेकाे र अहिले त्यसबाट भएका क्षतिहरुकाे मुल्यांकन गरि वडा तथा पालिका हुँदै वन कार्यालय बाट राहत पाउने कार्यविधि रहेकाे हुदा उक्त राहत प्राप्त गर्न अनुराेध गर्नु भएकाे थियाे ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले याे अनुगमन तथा मुल्यांकन कार्यक्रममा उठेका जनगुनासा तथा प्रसंसाहरुकाे बारेमा प्रष्ट पार्दै कृषकहरूकाे उत्साह देखेर खुसि पनि व्यक्त गर्नु भएकाे थियाे । साथै कृषकहरुले उल्लेखनीय प्रगति गरेकाे हुदा उहाँहरुका माग लाई सम्मान गर्दै पूरा गर्ने तर्फ लाग्ने र नियमित रुपमा उत्पादनमा लाग्न कृषकहरुलाई अनुराेध गर्नु भएकाे थियाे ।
अनुगमन तथा मुल्यांकन कार्यक्रममा काेष तथा लेखा नियन्त्रण कार्यालयका काेष नियन्त्रक राजु पाण्डे, भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र का प्रमुख विष्णु पाैडेल, भुमि तथा कृषि सहकारी मन्त्रालयका अधिकृत शारदा आचार्य, कृषि विकास बैंकका कर्जा अधिकृत कल्पना काफ्ले, प्रधानमन्त्री कृषि आधुनिकरण परियाेजना प्रमुख भाेजराज पाेख्रेल, उद्योग वाणिज्य महासंघ अर्घाखाँचीका उपाध्यक्ष साजन वली, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य,पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्ष शाेभाखर पन्थी, पत्रकार महासंघ अर्घाखाँचीका सदस्य वसन्त वि.क, कृषि अधिकृत महेन्द्र कुमार वझा,वाली विज्ञ अधिकृत शिवलाल घिमिरे, अधिकृत खुविराम पाेख्रेल, बलराम घिमिरे, निम वहादुर आचार्य, लेखापाल पशुपति खनाल सहितकाे संयुक्त टाेलिले अनुगमन तथा मुल्यांकन गरेकाे थियाे । त्यसैगरी शितगंगाका विभिन्न ठाउँमा अनुगमन गर्ने क्रममा वडा नं ३ का वडा अध्यक्ष चिन्तराज अधिकारी, वडा नं ४ का वडा अध्यक्ष दामाेदर अधिकारी, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु र सुरक्षाकर्मिहरुकाे पनि उपस्थिति रहेकाे थियाे ।
साेहि कार्यक्रममा सन्धिखर्क स्मार्ट कृषि गाउँका अध्यक्ष प्रेमनारायण भुसाल, शितगंगा कृषि तथा पशु विकास महिला सहकारी संस्थाका अध्यक्ष विष्णु अधिकारी र आधार शिला साना किसाना महिला कृषि तथा पशुपन्छी सहकारी संस्थाका व्यवस्थापक वशुन्धरा पाैडेल ले संस्थाले गरेका गतिविधिहरुका वारेमा प्रगति प्रतिवेदन पेश गर्नु भएकाे थियाे भने सबै स्थानमा कार्यक्रमकाे सहजिकरण कृषि ज्ञान केन्द्र अर्घाखाँचीका अधिकृत टिकाराम न्याैपानेले गर्नु भएकाे थियाे ।