१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार

संगीतकार शिशिर साधकले पर्वतीयामाताकाे आरती तयार पारे

Workplace

प्रताप कुमार गौतम बर्दिया । पर्वतीया मन्दिर विकास संस्थाले भक्तियाेग फाउन्डेसनकाे सहयोगमा संगीतकार शिशिर साधकले संगीत गर्नुभएको पर्वतीया माताकाे अारती तयार पारेर भक्ति याेग फाउन्डेसनकाे युटयुव मार्फत सार्वजनिक गरिएको छ।

गुलरिया नगरपालिकाकाे वाड नम्बर १ स्थित खैरापुरमा रहेकाे पर्वतीया मन्दिर ऐतिहासिक र पुरातात्त्विक रहेकाे छ। मन्दिर परिसरमा पुरातात्त्विक सिक्का पनि भेटिएका छन्। इसा पुर्व ३८५ देखि १८५ विचकाे अनुमान गरिएको पुरातत्त्वविदले जनाएका छन् भने सिक्कामा उर्दु अक्षर जस्तो देखिने भएकोले एकिन गर्न कठिनाइ भएको पुरातत्त्व जानकारहरुले बताएका छन्।

मिठाे स्वरका धनी संगीतकार शिशिर साधकले पर्वतीयामातकाे अारती मेहनतसाथ संगीत र स्वर पनि भर्नुभएकाे छ भने अारतीका शब्द संजेल जी महाराजका हुन् ।

पहिलो पटक पर्वतीया माताकाे मन्दिरमा २ वर्ष अघि महायज्ञ संचालन गरि मन्दिरकाे प्रचारप्रसार गरिएको थियोे ।

पर्वतीया माताकाे मन्दिरका बारेमा स्थानीय स्तरमा पर्वतीया क्षेत्रमा मानव बस्ती बस्नु अघि बेलपत्र, मदार(आँक), कराैती र सुघन्तित पुष्पले भुरिपर्ण जंगल भएकोले माता पार्वती र शिव भगवान हिमालय पर्वतबाट दक्षिणतिर सयर गर्न हिडेका र दक्षिणतिरबाट उत्तरतिर लाग्दा पर्वतीया क्षेत्रको जङ्गलमा आइ बसेको अनुमान गरिन्छ। जङ्गलमा सधैं त्यतिबेला (२०२१/२२ सालतिर ) चकिया पिसेको आवाज सुन्ने गरेको गाेठालाहरु बताउँछन्। त्यो बेला बिचपरिका सियाराम अहिरले गाेठाला गएको अवसरमा चकिया पिसेकाे अावाज सुनेपछि खाेज्दै जाँदा रुखमनि चकिया देखे। उनले चकिया घरमा लिएर राखे।चकिया घरमा लिएको रातमा सपना भयो सपनामा चकिया जुन स्थानबाट ल्याएको हाे साेहि स्थानमा लगि मन्दिर बनाई राख्नु भनेपछि भाेलिपल्ट सियारामले चकिया लिएर खरकाे मरैया बनाई राखेकाे उनका छाेरा गाेबिन्द यादव बताउँछन् ।

लामाे बसाइ भएपछि खानेकुरा सकिएपछी पार्वतीले चकिया पिसेको हुनसक्ने अनुमान अध्यता प्रताप कुमार गाैतमकाे भनाइ छ। अरु गोठालाहरुले पनि अावाज सुनेकाे तर डरले नजिक नगएको बताउँछन् यस्तो मन्दिर दक्षिण एसियामा नभएको बताउँछन् यस क्षेत्रमा अध्ययन गररिहेका गाैतम। पार्वतीकाे रुपमा चकिया (जाँताे) लाई विश्वास गरिन्छ र चकियालाई पुजाअर्चना गर्ने गरिन्छ। मन्दिरमा भक्तजनहरुले अाफ्नाे मनाेकामना पुरा हाेस् भनेर चकिया (जाँताे) चढाउने प्रचलन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै