२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

विदेशबाट फर्किएका बाबुराम व्यवसायीक बाख्रा पालनमा

Workplace

नविन रसाईली अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं. ४ वाङला बस्ने बाबुराम सुनारले करिब २०० बाख्रा पालेका छन् । उनको पछिल्लो दैनिकी भनेको बाख्रा पालन मै बितिरहेको छ । ३५ वर्षीय बाबुराम सानै उमेरमा वैदेशिक रोजगारीमा गरेको बताउँन्छन् । उनले १५ वर्षको उमेरमा भारत राजगारीमा गरेको सुनाए । “सानै उमेरमा बैदेशिक रोजगारमा गइयो नेपाल बस्न लागेको धेरै भएको छैन् त्यहि ५÷६ वर्ष जति भयो, विदेशबाट फकिएर बाख्रापालन थालेको हुँ” उनले भने “विदेशमा पनि लामो समय बाख्राको फर्ममै काम गरे, त्यहाँ सिकेको ज्ञान र सीपलाई यहाँ प्रयोग गरेको छु ।”
भारत, दुवै र कुवैत गरि करिव २० वर्ष विदेशमा बसेको बाबुरामले सुनाए । उनि अहिले दिनभर बाख्राको स्याहार सुसारमा व्यस्त हुन्छन् । उनले सन्धिखर्कको वाङ्लामा बाख्रा फर्म संचालन गरेको करिव डेढ वर्ष जति भयो । यस अघि पाणिनीको धातिवाङ्गमा बाख्रा पालन गरेका थिए । “यसअघि करिव पाँच वर्ष पाणिनीको धातिवाङ्गमा बाख्रा पालेको थिए त्यहाँ खास्सै बाख्रा हुर्किएनन्, अनि त्यहाँबाट फर्म यहाँ ल्याएको हुँ,” उनले भने “यहाँ धेरै सुविधा अनि बाख्रालाई चाहिने मिठो घाँस छ ।”
झट्ट हेर्दा कुनै रिसोर्ट भन्दा कम छैन उषा बाख्रा पालन तथा कृषि फर्म । मेहनती बाबुरामले आधुनिक तरिकाले बाख्रा पालेका छन् । उनले ३०० रोपनी जग्गा लिजमा लिएर बाख्रा पालन सुरु गरेको सुनाउन्छन् । त्यहाँ उनले बाख्रा मात्र होइन भेडा र लोकल कुखुरा समेत पालेका छन् भने फलफूल, विभिन्न जातका तरकारीहरु बारीभरी लगाएका छन् । फलफूल तथा तरकारी पानीको अभावले गर्दा खास्सै मौलाउन नपाएको बाबुरामले सुनाए । ‘यहाँ अल्लि धेरै पानीको समस्या छ, त्यसको समाधानको लागि अहिले काम गरिरहेको छु,’ उनले भने । ‘पानी भयो भने यहाँ धेरै तरकारी उत्पादन गर्ने लक्ष छ ।’
उषा बाख्रा पालन तथा कृषि फर्ममा अहिले सम्म करिब १ करोड ५० लाख जति लगानी भएको उनको भनाई छ । ३०० रोपनी जग्गाभरी विद्युतीय तार लगाएका छन् । तारभन्दा बाहिर बाख्रा पनि जाँदैनन् र तार भित्र जंगली जनावर पनि नआउन भनेर विद्युतीय तार लगाएको उनले बताए । बाख्रा हेर्नको लागि उनले मुस्ताङ्गबाट भोटे जातका कुकुर पनि ६ वटा ल्याएका छन् । ‘दिनभर बाख्रा पाखातिर लगेर छाड्ेपछि ती कुकुरले नै बाख्रा हेर्ने गर्छन, साँझ लिन गए हुन्छ,’ उनले भने । ‘कुकुर भएपछि धेरै जनशक्तीको आवश्यक पर्दैन् ।’ त्यहाँ दुइृजनाले रोजगार पनि गर्छन् । उनिहरुले बाख्रा बस्ने ठाउँ सफा गर्ने, तरकारीको हेरचाह गर्ने लगायतका काम गर्छन् ।
बाबुरामले फर्ममा अझै धेरै बाख्रा पालन गर्ने लक्ष राखेका छन् । उनि भन्छन् ‘घर परिवार पाल्न लामो समय विदेश बसियो त्यहाँ पनि यहीँ हो काम । आफ्नै देशमा केही गरौं भन्ने सोचले फर्म संचालन गरेको हुँ, काम गरेपछि एकदिन अवस्य सफल भईन्छ । सफल हुनका लागि भाग्यमा होइन मिहनतमा विश्वास गर्ने गर्छु ।’
यसो त उनले उत्पादन भएपछि बजारको अभाव नहुनेपनि विश्वास लिएका छन् । उनले सकेसम्म यहि अर्घाखाँची मै बिक्री गर्न सकिन्छ यहाँ भएन भने बुटवल तथा अन्य जिल्लामा पनि बिक्री गर्न सकिने बताए । ‘उत्पादन गर्न प¥यो उत्पादन भएपछि सामानले अवस्य बजार पाउन्छ,’ बाबुरामले भने । ‘फर्म संचालन गरेपछि यो डेढवर्षको अवधीमा करिक ५÷७ लाखको विक्री भएछ, लगानी उठ्न समय लाग्छ ।’
उषा बाख्रा पालन फर्ममा अहिलेसम्म सरकारको नजर पर्न सकेको छैन् । सरकारको अनुदान वास्तविक कृषक र व्यवसायीक कृषकले नपाउने गरेको धेरै पाइन्छ । बाबुरामले पनि अनुदान केहि दिन देखिने कृषकले मात्रै पाउने गरेको बताए । विदेशबाट फर्किएका अन्य कयौंको रोजाइमा बाख्रा पालन गर्ने इच्छा हुन्छ तर उनिहरु सँग लगानी नहुँदा बाख्रा पालन गर्न सकेका हुँदैनन् ।

भिडियो हेर्नुहोस //

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै