राम ब.खनाल अर्घाखाँची । विकासका पुर्वाधार हरुमध्येको एउटा खम्बा शिक्षा जसले राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको विकासको निम्ति विभिन्न दक्ष जनशक्ति को उत्पादन गर्छ । नेपालमा पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निरन्तर खस्किदै गएको तथ्य विभिन्न तहको परीक्षाको नतिजाबाट प्राप्त भएको छ । फलस्वरूप अलि सचेत र आर्थिक स्थिति राम्रो भएका अभिभावकले संस्थागत बिद्यालयको विकल्प खोज्दै सहर पस्ने लहर चलेको छ । झट्ट हेर्दा यो लहर भौतिक सुबिधा खोज्दै शहर पसेको देखिएतापनी आफ्नो सन्तानको उज्ज्वल भविस्यको सपना गुणस्तरीय शिक्षाको माध्यमबाट साकार पार्ने बाध्यता पनि हो ।
सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी अपर्याप्त होला तर कमि पक्कै होइन । नीति निर्माण तहबाट सहि निति बन्यो बनेन त्यो समिक्षाको बिषय छ तर विद्यालय प्रशासन , शिक्षक र अभिभावक ले आफ्नो धरातल अनुसारको जिम्मेवारी पुरा गरेका छौँ त ? सबैले एकपटक आफु अगाडिको ऐना सफा गरेर आफ्नो तस्वीर प्रष्ट देखिने गरि हेर्न जरुरी छ । शिक्षक सेवा आयोगबाट उत्कृष्ट शिक्षकहरु छानिएर विद्यालय आउंछन आखिर ति क्षमतावान, उर्जावान शिक्षकको क्षमतालाइ कहाँ दबाएर राखिन्छ त? नव आगन्तुक युवा सिक्षकले सोंचेको भन्दा फरक छ.. विद्यालय । विद्यालयलाइ राजनीतिको अखाडा ठान्ने हरुको नजरमा राम्रा होइन हाम्रा सिक्षक चाहिन्छ । साच्चै राजनीतिको आवश्यकतामा विद्यालयलाइ २+२ कति हुन्छ? ४ भन्ने नचाहिएको भान हुन्छ । २+२ कति भन्दा “हाकिमले जति भन्नुहुन्छ तेति” भन्ने वफादर सिपाहीको आवश्यकताले र सिक्षकलाइ भरपर्दो दलिय कार्यकर्ता बनाइ जहाँ मन लाग्यो त्यहीँ लतार्नु र लतारिनुले गुणस्तरीयतामा धक्का लागेकै छ । आफ्नो विरासत हराउने डरले उर्जावान युवालाई दबाएर राखेको एकाद उदाहरण पनि देख्न पाइन्छ । अझ संघियता पछिको सिक्षामा तालिम गोष्ठी ……लगभग सुन्य छ्न । अनुगमन निकै फितलो छ । सरुवा र नियुक्ति जस्ता कुरामा हेराफेरी हुने गरेको आरोप पनि लाग्ने गरेको सुनिन्छ ।
सैक्षिक सत्र सुरु हुँदै गर्दा शैक्षिक कार्ययोजना निर्माण, छलफल, अन्तरक्रिया र नतिजा विश्लेषणका कुरा गौंण रहे बरु वि.व्य.स. गठन प्रक्रियामा दलिय भागवन्डाका चर्का बहस...... विद्याललाइ अनिर्णयको बन्दी बनाइ रमाउने कुराले प्रश्रय पाएको पनि देखिन्छ । शिक्षकलाइ निश्कलंक भयर स्वच्छ वातावरणमा काम गराउनुको साटो यो या त्यो दलको बिल्ला भिराउने प्रवृत्तिले शिक्षा क्षेत्र पछाडी धकेलेको पक्कै हो । स्थानीय स्तरका सामाजिक अगुवा र शिक्षकबिचको अघोषित द्वन्द्व पनि अर्को कारक तत्व हो । एक अर्काप्रती आरोप प्रत्यारोप गरिरहने तर वास्तविक समस्याको पहिचान गरि समस्याको समाधान नखोजीनु ठुलो कमजोरी हो । शिक्षकमा पेशा प्रतीको बफादरिताको कमि, ICT प्रती Update हुन नसक्नु, अभिभावकमा आफ्नो सन्तानको भविस्य को बारेमा चासो नहुनु जस्ता यावत समस्याहरू शिक्षा क्षेत्रका ग्राउन्ड लेवलका समस्याहरु हुन । त्यस्तै विद्यार्थी वालमैत्री वातावरणमा सहजीकरण गर्ने अवधारणाको पुर्ण कार्यान्वयन गर्न नसकिएको अवस्थामा कार्वाही गर्न नमिल्ने कुराले विद्यार्थिलाइ बढी स्वतन्त्र गराएको छ । कोरोनाको कहर र निरन्तर विद्यार्थी मूल्यांकन पद्धतिबाट् सोझै कक्षा चढाउने व्यवस्थाले सिक्षक विद्यार्थी दुवैलाइ अल्छी बनाएको पनि छ ।
यसरी विद्यालय सिक्षाको गुणस्तर उकास्न सर्वप्रथम ग्राउन्ड लेबल अर्थात विद्यालय बाटै प्रयास गरिनुपर्छ । सिक्षक हरु गुट उपगुट बिभाजित नभइ एकीकृत व्यवहारिक शिक्षण को अभ्यास गरिनुपर्छ । विद्यालय प्रशासनले विभेद रहित वातावरणमा व्यक्तिगत स्वार्थबाट माथी उठेर उपयुक्त रणनीति बनाएर सबै क्षेत्रको भावना र योगदानको कदर गर्दै सम्पुर्ण शिक्षक वर्ग यो या त्यो पक्षमा उभिएर काम गर्नु भन्दा अवोध बालबालिकाको पक्षमा उभिएर जिम्मेवारी पुरा गर्नुपर्छ । जिम्मेवारीवाट पन्छिने हाम्रो संस्कारको परिमार्जन गर्दै उपयुक्त कार्यमा समय ब्यतित गर्दै भविस्य का कर्णधार बालबालिका को भविस्यमा दियो बन्न सकियोस । जय ! शिक्षा !!