१८ असोज २०८१, शुक्रबार
१८ असोज २०८१, शुक्रबार

बाँस र निगाँलोको चौयाबाट निमार्ण हुने सामाग्री संकटमा

Workplace

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ४ खनका टेक बहादुर वि.कले ४० वर्षदेखि बाँस र निगाँलोको चोयाबाट डाला, नाङ्ला बुन्दै आएका छन् । सानै उमेरदेखि चोयाबाट यस्ता सामाग्री बनाउँदै आएका टेकबहादुर अहिले ५२ वर्षका भए । अहिले उनले घरमा आव्श्यक पर्दा मात्र यस्ता सामाग्री बुन्ने गरेको बताए । ‘छोरा र नातिलाई पनि चोयाबाट डाला, नाङ्ला बनाउन सिकाएको छु तर अहिले पहिला जस्तो धेरै बनाउनु पदैन्, उनले भने ।

खनका अर्का युवा सुरेश विश्वकर्माले पनि बाँसका चोयाबाट डाला, नाङ्ला बुन्ने गर्छन् । उनले बुवाबाट यी सामाग्री बनाउन सिकेको सुनाए । पछिल्लो समय चोयाबाट निमार्ण भएका यस्ता परम्परागत सामाग्रीको माग घट्दै गएको उनले बताए । ‘पहिला पहिला बुवा, हजुरबुवाहरु अर्घाखाँची जिल्लाभर, गुल्मी, प्युठान र पाल्पाका केहि भागमा डाला, नाङला बेच्न हिड्ने गर्नुहुन्थ्यो, उनले भने, ‘अहिले हाम्रो पुष्ताले यस्ता सामाग्री बनाउन जानेपनि माग घटेपछि विदेशिनु परेको छ ।’ उनले पछि आउने पुष्ताले यस्ता सामाग्री बनाउन छाड्ने सक्ने भन्दै चिन्ता व्यक्त गरे ।

आधुुनिक प्रविधिको विकास भएसँगै परम्परागत सामाग्री र पुख्यौली पेशा संकटमा परेका हुन् । अहिले गाउँ÷गाउँमा प्लाष्टिकका सामाग्री प्रयोग हुने गर्छन् । बाँस र निगालाको चोयाबाट सामाग्री बनाउन धेरै समय र मिहेनत पनि बढी लाग्ने गर्छ । यसले गर्दा बजारिय सामानको मुल्य भन्दा चोयाबाट बनेको सामाग्रीको मुल्य अलिकति बढि हुने गरेको पाइन्छ ।

प्रायः बाँस र निगालोको चोयाबाट डोका, नाङ्ला, मान्द्रो, कोक्रो, थुन्चे बनाउने काम दलितको विक (चित्रे) समुदायमा गर्ने गर्छन् । उनिहरुको पुख्यौली पेशा नै चोयाबाट यस्ता सामाग्री निमार्ण गर्ने हो । पछिल्लो समय युवा पुष्ताले यस्ता सामाग्री बनाउन खास्सै ध्यान नदिएको मालारानी ५ बाँगीका सिताराम वि.कले बताए । ‘अहिलेका पुष्ताहरु यस्ता सामाग्री बनाउन रुचि राख्दैनन्, हामीले आफ्नो पेशालाई अहिलेसम्म जनतन बचाई राखेका छौं’ ।

पछिल्लो समयमा चोयाबाट सामाग्री बनाउनको लागि बाँसको अभाव पनि देखिन्छ । अहिले पहाडमा भएका बाँसहरु विभिन्न बजारहरुमा अन्य प्रयोजनको लागि बिक्रि हुने भएपछि यहाँ यस्ता सामाग्री बनाउन बाँसको अभाव भएको खुम बहादुर वि.क ले बताए । ‘अहिले बाँसभरी तराईतिर बिच्ने गर्छन् हामीले किन्दा एक घनाको १५० रुपैयाँ भन्दा माथी पर्छ,’ उनले भने । ‘त्यति महंङ्गो दाममा बाँस किनेर डोका, नाङ्ला, मान्द्रो, कोक्रो, थुन्चे बुनेर पर्ता आउदैन ।’

अर्घाखाँची जिल्लाका विभिन्न ठाउँमा चोयाबाट परम्परागत सामाग्रस् बनाउने गर्छन् । मालारानीको खन, बाँगी, चौरी, र छत्रदेवको अर्घातोष, भगवती लगायतका ठाउँमा यस्ता परम्परागत सामाग्री बनाउने गर्छन् । चोया बनाउनको लागि धुनु बाँस बढि प्रयोग हुने गर्छ । धुनु बाँस बलियो हुने भएकाले यसबाट बनाएका डोकाहरु पनि बलियो हुने बाँगीका एक डोको बुन्दै गरेका व्यक्तिले बताए । यस्ता सामाग्री बनाउनको लागि धनुबाँस, निगांलो र बेतबास प्रयोग हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै