हृदय भुसाल, अर्घाखाँची । लिङ्ग (Sex) को आधारमा ब्यतिmसंग जोडिएर आउने सामाजिक मूल्यमान्यता, भूमिका तथा बिशेषताहरुको समष्टिगत रुप नै सामाजिक लैङ्गिक विभेद हो । सामाजिक, सांस्कृतिक रूपले निर्माण गरिएका महिला पुरुषका लागि निर्धारित मूल्यमान्यता, भूमिका तथा विशेषताहरूको समष्टिगत रूपलाई नै जेण्डर अवधारणाले समेट्दछ ।
नेपालको परिप्रेक्षमा महिलाहरुको स्थिति पुरुषको तुलनामा शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक आदि क्षेत्रमा पछि परिरहेको पाइन्छ । समय दिनानुदिन अघि बढ्दै जाने र शिक्षा, सूचना तथा प्रविधिका क्षेत्रमा भएका प्रगतिको कारण प्रतिस्पर्धाका क्षेत्रहरु चुनौतीपूर्ण हुँदै गएको अवस्थामा महिलाहरुलाई पनि पुरुषको तुलनामा सशक्त बनाएर प्रतिस्पर्धा गर्न सक्ने बनाउने कार्यलाई महिला सशक्तीकरण भनिन्छ । अर्थात महिलाहरु शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा सशक्त बनाएर पुरुषसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्ने कार्यलाई महिला शक्तीकरण भनिन्छ।
विकासको अर्थ र विभिन्न स्रोतहरु उपरको पहँुच र कल्याणकारी कार्यहरुको विस्तार मात्र होइन ।यो यस्तो प्रकृया हो जसमा लक्षित समूहका व्यक्तिहरुको प्रत्यक्ष सहभागिता रहन्छ र त्यसबाट उनीहरुलाई दिगो र निरन्तर रुपमा विभिन्न किसिमका फाइदाहरु उपलब्ध हुन्छ विकास तब मात्र भरपर्दो र दिगो हुन्छ जब अक्षित समूहका व्यक्तिहरु यस प्रक्रियामा सक्रिय रुपमा सहभागी भई आफ्ना समस्याहरु औंल्याउन र त्यसका समाधानका उपायहरु खोज्न स्वयं समर्थ हुन्छन् न कि परियोजनाबाट प्राप्त सुविधाहरुको उपयोग मात्र गर्ने।
शक्ति सम्पन्न हुने गुण लिएर जन्मेको मानिसलाई शक्ति सम्पन्न बनाउने, विभिन्न बाधा–अड्चन र नियन्त्रणका कारण सशक्त बन्ने अवसरबाट बञ्चित भएका र तुल्याईएकाहरुलाई विभिन्न शक्तिमा पहुँच वृद्धि गर्ने अर्थात असमान शक्ति सम्बन्धलाई समान शक्ति सम्बन्धमा रुपान्तरण गर्ने प्रक्रिया हो सशक्तीकरण । यो महिला र पुरुष बीचमा रहेको विभेदलाई हटाउँदै न्याय र समानतामा आधारित समाजको निर्माण गर्ने विकास प्रक्रियाका साथै लैङ्गिक समानताको प्रक्रिया पनि हो। यो विकासको मुद्दा मात्र नभई लैङ्गिक मुद्दा पनि हो । सामाजिक सम्बन्धको रुपान्तरण प्रक्रिया हो । शक्ति सम्बन्धमा साझेदारी हो, विभेद, दमन, शोषण विरुद्धको जागृति हो । आत्मनिर्भरता र विश्वास बढाउने संयन्त्र हो, क्षमता विकास र सिर्जनशीलताको समुच्च रुप हो।
सशक्तीकरण मानवीय विकाससँग सम्बन्धित एक अन्तरर्निहित विकास प्रक्रिया हो । महिला सशक्रीकरणको सामान्य अर्थमा महिला समानताका क्षेत्रमा आइपरेका वा देखा परेका विभिन्न बाधा–अड्चन हटाउनु हो । विगतका परिभाषाहरुलाई केलाउँदा महिला सशक्तीकरण महिलाहरुको सामाजिक, आर्थिक र राजनैतिक समस्यासँग सम्बन्धित रहेको पाइन्छ। साथै महिला सशक्तीकरणको परिभाषा विभिन्न परिप्रेक्षमा विभिन्न तरिकाले गर्ने प्रयास गरेको पाइन्छ तापनि संक्षेपमा महिला सशक्तीकरण भन्नाले ः
महिलाहरुमा अन्तरनिहित सामथ्र्यको बोध हुन गई उनीहरुभित्र लुकेको ज्ञान, सीप र क्षमतालाई जनसमक्ष ल्याई विकास प्रक्रियामा पुरुषसरह समान रुपमा सहभागी भई आफ्नो हकहित र अधिकारका लागि समाजमा विद्यमान कुरीति र भेदभाव विरुद्ध लड्न सक्ने क्षमताको विकास हुनु नै महिला सशक्तीकरण हो । यो आफैमा स्वसिर्जित पनि हुन सक्छ अथवा संगठनात्मक कार्यशैलीको उपज पनि हुन सक्छ ।
सशक्तीकरणका केही सुचकहरु
१. आर्थिक सुरक्षा
२. घुमफिर वा गतिशिलतामा वृद्धि
३. खरीद तथा बिक्री गर्ने क्षमताको विकास
४. कानुनी सचेतना
५. राजनैतिक सचेतना, राजनैतिक गतिविधिमा सहभागिता
६. निर्णयमा संलग्नता
७. विचारको प्रस्तुती
सशक्तीकरणको लागि महिला, गरीव तथा पछाडी पारिएका बर्ग जाती तथा समुदायको आर्थिक, शैक्षिक, सामाजिक, राजनैतिक, स्वास्थ्य स्थिति तथा निर्णायक तहमा सहभागिता वृद्धि भईरहेको हुनु पर्दछ । यसको लागि समाजमा यी बर्गलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्दछ । फरक रणनीति तयार गर्नु र कार्यान्वयन जरुरी छ ।
महिला सशक्तीकरणका तरिकाहरु
१. नीति निर्माण तहमा गुणान्मक रुपमा महिला सहभागिता,
२.महिलामैत्री कानूनको निर्माण तथा प्रभावकारी कार्यान्वयन,
३. भूमिमाथिको स्वामिन्वमा पहुँच, कृषिसम्बन्धी तालिमको व्यवस्था, आयमूलक कार्यमा महिलाको हक अधिकारको संरक्षण,
४. महिला जनशक्ति सम्बन्धी उचित नीति निर्माण गर्ने र प्रभावकारी कार्यान्वयन गरेर,
५. महिलाको स्वास्थ्य क्षेत्रमा पहुँच पु¥याउने तथा प्रजनन् अधिकासरको सुनिश्चितता प्रदान गरी प्रजनन् स्वास्थ्यमा ग्रामीण पहिलाको पहुँच पु¥याएर,
६. शिक्षा, व्यवसाय तथा रोजगारमा महिलामैत्री नीति कार्यान्वयन गरी उन्पादनशील कार्यमा महिला पहुँच बढाएर,
७ महिलाको कार्यबोझ घटाउने तथा उन्पादकत्व बढाउने उपयुक्त कृषि प्रणाली, सूचना प्रणाली र बजारमा महिलाको पहुँच पु¥याएर ।
समानता तथा सशक्तीकरणका चरणहरु (Strategy of equality and empowerment)
१. कल्याणकारी(Welfare) ः खाना, कपडा, बास, औषधी, सूचना
२. पहुँच (Access))ः साधन, श्रोत तथा पदमा पहुँच
३. सचेतना (Conscientizatin))ः कुरीति, कुसंस्कार, विरुद्धमा चेतना, विभेद, दमनका विरुद्ध चेतना, आत्मविश्वास र जागृति भावना ।
४. सहभागिता (Participation)ः योजना, नीति, नियम र व्यवस्थापनमा महिला सहभागिता
५. नियन्त्रण (Control) ः स्रोत, साधनमा नियन्त्रण, पहुँच, आदि।
महिला सशक्तीकरणका आयामहरु
सामाजिक आयाम
१. पितृसत्तात्मक सोंचमा परिवर्तन हुनुपर्ने
२. असमान कानून तथा लैङ्गिक विभेदपूर्ण कानूनको खारेजी गरी महिलामैत्री कानूनको निर्माण तथा प्रभावकारी कार्यान्वयन गर्नुृ पर्ने ।
३. शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्नुपर्ने
४. महिलाका लागि विषेश नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने
५.महिला विरुद्धका परम्परागत रीतिस्थिति, अन्धविश्वास तथा मान्यता विरुद्ध जनचेतना अभिवृद्धि गर्नुपर्ने ।
आर्थिक आयाम
१. सम्पत्ति –भूमी, पशु, घर आदि) मा महिलाको अधिकारमा अभिवृद्धि गर्नुपर्ने
२. स्रोत साधन तथा अवसरमाथि महिलाको पहुँच अभिवृद्धि गर्नुपर्ने
३. गरिबीको दुष्चक्रमा सबैभन्दा बढी महिला पर्ने हुनाले गरिबी घटाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने
४. महिलाहरुले पुरुषको भन्दा धेरै समय श्रम गरे पनि उनीहरुको श्रमको कुनै तथ्याङ्क नहुने हुनाले राष्ट्रिय स्तरमा महिलाहरुको तथ्याङ्क रहनु पर्ने
५. महिला र पुरुषका बीचमा भएको श्रम विभेदको अन्त्य गर्नुपर्ने आदि ।
राजनीतिक आयाम
१. महिलाका नाममा स्वार्थपूर्ण राजनीति गरिने परम्पराको अन्त्य हुनु पर्ने
२. प्रभावकारी राजनीतिक प्रतिवद्धता हुनु पर्ने
३. महिला हक हितलाई सुनिश्चित गरिनु पर्ने
४. महिलाहरुको प्रतिनिधिमूलक भूमिकाको कदर गर्दै राजनीतिमा महिलाहरुको सक्रिय सहभागितामा अभिवृद्धि गर्नुपर्ने