४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

मालारानी मन्दिरः धार्मिक तथा पर्यटकीय स्थलको मुख्य गन्तव्य

Workplace

नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ३ र ६ को सिमानामा पर्ने मालारानी मन्दिर राष्ट्रिय स्तरमा नै परिचित छ । बाइसे र चौबिसे राज्यको पालामा, माला नाम गरेकी रानी यो स्थानमा बसेका कारण उनैको नामबाट यस मन्दिरको नाम नै मालारानी राखिएको किंवदन्तीमा उल्लेख छ । यसै मन्दिरको नामबाट मालारानी गाउँ पालिकाको नाम राखिएको हो । सरकारवालाको विशेष ध्यान जान सकेमा यस ठाउँ पर्यटकीय स्थलको प्रमुख गन्तव्य रहेको छ । मलारानी मन्दिरमा कालिका देवी, सिद्ध, गणेश, हनुमान, होमनकुण्ड, शिव लिङ्ग, बाघ, शीवजी, गाई लगायतका मूर्ति छन् ।

लामो समय कोभिडका कारण बन्द रहेका पर्यटकीय स्थल यतिबेला विस्तारै खुल्न थालेका छन् । मालारानी मन्दिरमा पनि लामो समयको बन्द पछि यतिबेला बिस्तारै दर्शनार्थी आउन थालेको मन्दिर व्यवस्थापन समितिका का.बा अध्यक्ष लोक बहादुर बस्नेतले जानकारी दिए । बस्नेतले लामो समय बन्द रहेको मालारानी मन्दिरमा यतिबेला दिनहु करिब ५० देखि १०० दर्शनार्थी आउने गरेको बताए । विगत केहि समय देखि मन्दिर व्यवस्थापन समितिको का.बा अध्यक्ष रहेका बस्नेतले पद र नाम भन्दा बढी काममा विश्वास गर्ने गर्छन् । मालारानी गाउँ पालिकाको कार्यालय खनदह र रतनमारे जाने बाटोमा पर्ने यस मन्दिरमा पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटक आउन थालेका छन् । विशेषगरी यहाँ अर्घाखाची, गुन्मी, प्युठान लगायतका जिल्लाबाट दर्शनार्थीहरु आउने गर्छन ।


जिल्लाको सदरमुकाम सन्धिखर्क देखि उत्तरमा रहेको मालारानी मन्दिर धार्मिक तथा पर्यटकीय स्थलको मुख्य गन्तव्य मानिन्छ । त्यहाँ वरपरको हरियाली वनजंगल, उत्तरमा देखिने हिमालहरु र वरिपरी देखिने डाडाँकाडाले पर्यटकको मन लोभ्याउने गरेको त्यहाँ भ्रमणमा जाने पर्यटकले बताउन्छन् । हिउदे समयमा लाली गुँरास फुल्दा त्यहाँको वातावरण अझ सुन्दर देखिन्छ ।

मन्दिर नजिकै एउटा गुँरासको रुखमा सधै पानी रहिरहन्छ त्यो पानी हातमा राखी मन्दिर सम्म ल्याएमा मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । यसो त त्यो गुँरासको रुखको नाम नै मनचिते राखिएको छ । वरिपरि जंगलको त्रिचमा मन्दिर छ । मालारानी मन्दिरबाट करिब ५ सय सिडि चढेपछि घोषेथाना भन्ने ठाउँमा पुगिन्छ उक्तm डाँडाबाट देखिने वरपरको मनोरम दृष्यले पर्यटकलाई झनै लोभ्याउँछ । यहाँबाट धेरै हिम शृंखला, तराईका विभिन्न जिल्लाहरु देख्न पाइन्छ । गर्मीमा पनि चिसो हुने हुँदा गर्मी छल्न पर्यटक यहाँ आउने गरेको त्यहाँ नजिकैका स्थानियले बताए ।

के गरेमा मालारानीमा पर्यटकहरु बढ्छन् ?
मालारानी अथाह पर्यटकीय तथा धार्मिक सम्भावना बोकेको ठाउँ हो । यस ठाउँको राम्रो प्रचारप्रसार हुन सकेमा अझ धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिन्छ । यस ठाउँमा खानेपानी, सडक तथा होटलको व्यवस्थापन गर्न सकेमा पनि दर्शनार्थी आउन सक्छन् । राज्यको पुनसंरचना सगै केन्द्रिकृत सरकार स्थानीय तहमा आएपछि जनताका विकास निर्माणका कामहरु औपचारिक रुपमा हुन थालेपछि सरकारको पर्यटन क्षेत्र प्रति विशेष ध्यान जान सकेको छैन । त्यसकारणले गर्दा राज्यले पर्यटन प्रबद्र्धनको लागि विभिन्न किसिमका लगानीका श्र्रोतहरु जुटाउन सकेमा पर्यटकको आर्कषण बढ्ने थियो । राज्यको पर्यटन प्रति जनतालाई उत्तरदायि बनाउनकोे लागि अहिले आबश्कताको विषय बनेको छ ।

मन्दिरमा उठेको भेटीलाई के गरीन्छ ?
मालारानी मन्दिर अर्घाखाँची जिल्ला मात्र नभई देशकै धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित छ । लुम्बिनी आएका पर्यटकलाई अर्घाखाँचीको सुपादेउराली हुँदै मालारानी सम्म ल्याउन सकेमा राम्रो हुन्थ्यो त्यसका लागि मन्दिर व्यवस्थापन समितिले पहल कदमी प्रचारको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको व्यवस्थान समितका का.बा अध्यक्ष बस्नेतले बताए । लामो समय कोभिडको कारणले दर्शनार्थी आएनन अहिले बिस्तारै आउन थालेका छन । मन्दिरमा उठेको दान तथा भेटीलाई मन्दिरको संरचना बनाउन खर्च गरीन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै