२२ असोज २०८१, मङ्लबार
२२ असोज २०८१, मङ्लबार

सुरक्षित गर्भपतन बारे गाँउ गाँउमा सचेतनाको अभियान चलाउदै समाजसेबा बाताबरण संरक्षण समुह

Workplace

२४ जेष्ठ, अनिल नेपाली अर्घाखाँची । सुरक्षित गर्भपतन बारे जानकारी नहुदा गाँउमा गाँउमा हुने असुरक्षित गर्भपतनलाई रोक्नको लागि आईपास नेपाल लगायतका सस्था साझेदार समाजसेबा तथा बाताबरण सँस्कृत संरक्षण समुहले जिल्लाको पाणिनी गाँउपालिका लगायतका स्थानमा अभियान चलाए संस्थाले सोमबार र मगलबार सुरक्षित गर्भपतन सेबा र अधिकार बारे बृह्त अभियान चलायो मगलबार पाणिनी गाँउपालिका अध्यक्ष टेकराज न्यौपानेले अभियानको शुभारम्भ गदै स्वास्थ्य क्षेत्र मानिसको जटिल सबेदनशिलताको विषय भएकोले यस्ता अभियानमा विशेष किसिमको कदम चालेर स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताउदै आफुले गरेका निर्णयलाई कार्यान्वयन गर्ने विषयमा आफु गभ्भीर भएको बताए ।

धेरै सन्तान ईश्वराका बरदान हुन् भन्ने भनाईलाई आत्मसाथ गदै आफू गर्भवती भएको समयमै थाहा नहुने र थाहा भए पनि अनिच्छित गर्भलाई निरन्तरता नदिन कहाँ जाने भन्ने जानकारी नहुँदा विशेष गरी ग्रामीण भेगका महिलालाई समस्या पर्ने गरेको पाईन्छ सरकारले बजेट वक्तव्यमार्फत सबै सरकारी स्वास्थ्य संस्थाहरूमा सुरक्षित गर्भपतन सेवालाई निःशुल्क गर्ने घोषणा ग¥यो । तर अनिच्छित गर्भपतन सेवा निःशुल्क पाइन्छ भन्ने जानकारी नहुँदा कतिपयले गाउँमै ‘सुडेनी’ (ग्रामीण क्षेत्रमा सुत्केरी हुँदा सहयोग गर्ने व्यक्ति) मार्फत त कतिपयले महँगो शुल्क तिरेर असुरक्षित गर्भपतन गराइरहेको बेलामा अर्घाखाँची जिल्लामा आईपास नेपाल र समाजसेबा तथा बाताबरण सँस्कृत संरक्षण समुह नेपालले सञ्चालन गरेको अभियानले सार्थकता पाएको छ ।

विगत दुई बर्षदेखि चलाएको अभियानले गाँउ गाँउमा हुने असुरक्षित गर्भपतन घटेको साझेदार संस्था समाजसेबा तथा बाताबरण संरक्षण समुहका पुर्ब अध्यक्ष बाबुराम पौडेलले बताए । पौडेलले भने, ‘गाउँमा कतिपयले जडीबुटी खुवाएर, गर्भपतन गर्ने परम्परा रहेको थियो कतिपयले छोराको आसमा पनि धेरै पटक गर्भपतन गर्ने गरेको पाईयो । उनले ‘अस्पताल किन नगएको भनेर सोध्दा पैसा थिएन, गर्भ चाहेको थिनँ भन्ने जवाफ आएको थियो ’ अनिच्छित गर्भलाई निरन्तरता नदिन धेरैले सूचीकृत नभएका औषधि पसल वा क्लिनिकमा गर्भपतन गराउने गरेको भएतापनि संस्थाले चलाएको अभियानले सार्थकता पाएको पौडेलको भनाई रहेको छ कतिपयले निजी मेडिकलमा गोप्य हुन्छ भन्ने मनसाय पनि हुन्छ,’ ‘कतिपयलाई सरकारी अस्पतालमा निःशुल्क हुन्छ भन्ने कुरा थाहै नपाएर पनि होला ।’

‘सुरक्षित गर्भपतनका बारेमा अझै गाउँमा सचेतना नभएको बताउदै संस्थाले सञ्चालन गरेको तालिमले आफुहरुलाई निकै फाईदा पुगेको मुस्लिम समुदायका मानिसहरु खासगरी १२ वटा सन्तान जन्माउने पहिलाको परम्परा रहेता पनि संस्थाले सञ्चालन गरेको तालिमले आफुहरुलाई धेरै सहजता प्राप्त भएको मुस्लिम समुदायका अगुबा इन्सु मियाको भनाई रहेको छ । संस्थाले सञ्चालन गरेको तालिम र अन्तरक्रियाले महिलाहरु लाई धेरै फाईदा पुगेको र आगाभी दिनमा गाँउगाँउमा पनि आफुले यसको प्रभाब र महत्वको बारेमा जानकारी गराउने स्थानीय महिला मधु पन्तको भनाई रहेको छ । आधारभुत स्वास्थ्य सेबालाई अनिवार्य आबश्यकताको आधारमा साझा र विश्वसनीयता बनाउन सबै क्षेत्रका कार्यक्रमलाई सार्थकता बनाउन सके यसले फाईदा पुग्ने र समाजमा रहेको परम्परागतको सोचको न्युनीकरण भई सुरक्षित गर्भपतनबारे सबै नागरिक जागरुक हुने हुदा अभियानलाई प्रभाबकारी बनाउन आबश्यक रहेको आईपास नेपालका कन्सल्टेन्ट माधव प्रसाद ढकाल काे भनाई रहेको छ । समाजमा सामाजिक मुल्य मान्यताको करिब करिब अन्त्य भएको बताउदै सकारात्मक सोचका साथ नयाँ निति तथा कार्यक्रम बनाएर समाजमा लैजान सकेमा सबै जागरुक हुने आईपास नेपालका सिनियर प्राेग्राम एडभाईजर पारस फुईयालकाे भनाई रहेको छ ।

पाणिनी गाँउपालिका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेका अनुसार गुणस्तरीय सेबा दिएर विश्वसनीयता प्राप्त गर्न सकेमा स्वास्थ्य क्षेत्रका कतिपय गतिविधिलाई गोपनीयता कायम गर्न सकेको खण्डमा स्वास्थ्य सस्थामा हुने असुरक्षित गर्भपतलाई रोक्नको लागि सहज हुने बताए । संस्थाले सञ्चालन गरेको अभियानले गाँउका महिला धेरै सचेत भएको असुरक्षित गर्भपतनमा समेत कम आएको बताउदै यस्ता अभियानले संस्थाले धेरै ठाँउमा गर्ने समाजसेबा बाताबरण सस्कृत संरक्षण समुहकी कार्यकारी निर्देेशक लक्ष्मी पौडेलको भनाई रहेको छ । कायंत्रमकाे लक्ष्य उदेश्य अनुसार अगाडि बढाएमा सुरक्षित गभंपतनमा सहजता आउने आईपास नेपाल लुम्बिनी प्रदेश सयाेजक जीवन देवकोटाकाे भनाइ रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै