१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

लुम्बिनी प्रदेशः डाक्टर दुर्गम क्षेत्रमा जानैपर्ने कार्यबिधी बनाउदै

Workplace

९ फागुन, हृदय भुसाल अर्घाखाँची । लुम्बिनी प्रदेशमा १२ बर्ष भन्दा माथीका ९० प्रतिशतले पहिलो मात्रा ७० प्रतिशतले पुर्ण मात्र र ४७ प्रतिशतले थप मात्रा खोप लगाएका छन् ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा सञ्चालन भएको कोभिड १९ बिरुद्धको खोप अभियानमा ३५ लाख ८५ हजार १ सय ५२ ले कम्तीमा एक मात्राको खोप लगाएका छन् । २७ लाख ८३ हजार ३ सय १४ जनाले पुर्ण मात्राको खोप लगाएका छन् । भने ७३ हजार ७ सय २६ जनाले थप मात्रा खोप लगाएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशको कुल जनसंख्या ५१ लख ६४ हजार ८ सय १९ मध्ये खोप लगाउन योग्य १२ बर्ष भन्दा माथीको जनसंख्या ३९लाख ६७ हजार ६ सय ७४ रहेको छ । यसरी प्रदेशभर कोभिशिल्ड पहिलो डोज खोज ९ लाख ६७ हजार ८ सय ५९ जना दोस्रो खोप ६ लाख ४२ हजार ७ सय ४५ जनाले लगाएका छन् । १६ लाख १७ हजार १ सय ५० जनाले पहिलो र १४ लाख २५ हजार१ सय ८२ ले भेरोसेले खोप लगाएको छन् । ५ हजार ३ सय ५९ ले पहिलो र ५हजार १ सय १९ ले दोस्रो फाईजर खोप लगाएका छन् । ४ लाख २० हजार ८ सय ५१ ले जेन्सेन खोप तथा ५ लाख ७३ हजार ३३ ले पहिलो २ लाख ८९ हजार ४ सय १७ ले दोस्रो मोर्डना खोप लगाए ।

प्रदेशका १२ वटा जिल्ला मध्ये सबै भन्दा धेरै रुपन्देही जिल्ला बासीले खोप लगाएका छन् । रुपन्देहीमा पहिलो मात्राको खोप ७ लाख ९९ हजार ५ सय ५५ र दोस्रो मात्राको खोप ६ लाख २५ हजार ८ सय २३ जनाले लगाएको तथ्याङ्ग छ भने प्रदेशमा सवै भन्दा कम रुकुमपुर्व जिल्ला बासीले पहिलो खोप ३४ हजार ८ सय २० जनाले र दोस्रो खोप २९ हजार ५ सय ९३ जनाले लगाएको स्रोतले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशमा १२ बर्ष भन्दा माथीका सबै नागरिकलाई खोप प्रदान अझै ८ लाख ७२ हजार ७ सय १२ खोप आबश्यक लुम्बिनी प्रदेश स्वास्थ्य तथा निर्देशनालयका प्रभक्ता रोशनलाल चौधरीले जानकारी दिए ।

कोरोना सक्रमणका कारण लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा यो समाचार तयार पार्दा सम्म २ हजार ४ सय २६ जनाको मृत्यु भएको छ । सुरुदेखी हाल सम्म प्रदेशभर ७ लाख १७ हजार ५ सय जनाको ल्याब परिक्षण गर्दा १ लाख ३७ हजार ४ सय ३५ जना संक्रमित भएका थिए जसमध्ये १ लाख ३१ ह्जार ५ सय ३ जना निको भए भने हाल ३ हजार ५ सय ५ जना सक्रिय संक्रमित छन् । अहिले १०८ हस्पिटलमा उपचार गराईरहेको स्रोतले जानकारी दिएको छ । जसमध्ये ४ लाख २७ हजार २ सय ६२ जनाको पिसिआर परिक्षण र २ लाख ९० हजार २ सय ३८ जनाको एन्टीजेन परिक्षण गरिएको छ प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डाक्टर दुर्गम जानेपर्नै कार्यबिधी बनाउदै प्रदेश सरकार

लुम्बिनी प्रदेश सरकारले गाउँमा दुर्गम जान नमान्ने समस्याका कारण समग्र स्वास्थ्य सेवा प्रभाबित भएको लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्दजित थारुले बताए । मन्त्री थारुले भने,दुर्गम ठाउँमा डाक्टर जान नमान्दा निकै समस्या भयो,जनतालाई स्वास्थ्यको अधिकारलाई प्रत्याभुत गराउन, सजह र सरल रुपमा स्वास्थ्य सेवा प्रदान गर्न अनिबार्य रुपमा ३ महिना सबै डाक्टर दुर्गम जानै पर्ने कार्यबिधी बनाउदै छौ, जसले केही हद सम्म समस्या सामाधान हुने अपेक्षा लिएको छौ,

लुम्बिनी प्रदेश सरकारले जिल्ला हस्पिटलहरुको सुदृढीकरण अभियान अगाडी वढाएको मन्त्री थारुले बताए । थारुले भने,‘हस्पिटल सुढिकरण अभियानका लागी आबश्यक बजेट बिनियोजन गरेका छौ जस्ले, स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण काम गर्नेछ, आगामी दिनमा आउदै चुनौतीको ब्यबस्थापन गर्न सहज हुनेछ’ ।

पहिलो र दोस्रो चरणको कोरोनाको समयमा धेरै खालका चुनौती ब्यहोर्नु परेपनि तेस्रो लहरमा आबश्यक पुर्ब तयारी भएकोले तेती धेरै चुनौतीको सामना गर्न नपरेको स्वास्थ्य मन्त्री थारुले बताए । मन्त्री चौधरीले अगामी फागुन १५ गते भित्र लुम्बिनी प्रदेश हस्पिटलमा ३० बेडको हस्पिटल अक्सिजन बेड थप गर्न लागेका छौ,जस्ले थप चुनौतीको सामाधान गर्ने अपेक्षा छ,।

लुम्बिनी प्रदेशलाई पुर्ण खोप प्रदेश बनाउनका लागी खोप अभियानलाई प्रदेश सरकारले तिब्रताका साथ अभियानकै रुपमा चलाईरहेको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय कोरोनालाई नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड अपनाउन लागी नागरिकहरु नै धैरे सचेत भईसकेको मन्त्री इन्दजीत थारुले बताए ।मन्त्री थारुले भने,‘अहिले कोभिडको तेस्रो लहरमा आईपुग्दा नागरिक हरु स्वयंम आफु धेरै सचेत भएको पाईयो,कोरोना प्रतिको मनोबैज्ञानिक असर पनि निकै कम छ, कोरोनाले धेरै बिषयहरु प्नि सिकायो, अब आगामी बर्षको बजेटमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगती देखिने गरि बजेट बिनियोजन गरि काम गर्दै छौ’।

कोभिडले लुम्बिनीको पर्यटन ब्यवसाय ठप्प

लुम्बिनीमै दैनिक रुपमा टुरिष्ट गाईड गरि दैनिक ३ हजारको दरले आम्दानी गर्दै आएका भैरहवाका राजेश चौधरी अहिले २ बर्षदेखी बेरोजगार भएका छन् ।उनी जस्तै लुम्बिनी बिकास कोषबाट लाईसन्स प्राप्त गरि गाईड काम गरेका करिब ६० जना त्यस्तै तिलौराकोटका १० जनाले राजेशले जस्तै पुरैले कोभिडका रोजगारी गुमाए । पर्यटकहरु बस्ने भैरहवाको टाईगर पार्टी प्यालेस पुरै बन्द भयो,बन्द हुदा ३ सय ७९ जनाले प्रत्येक्ष रोजगारी गुमाए । प्यालेसका कर्मचारीलाई श्रम अदालतले पुर्नरबाली गर्ने आदेश दिए पनि उनीहरु अझै पनि काममा फर्किएका छैनन् । रोजगारीको बिषय अझै मुद्धा नै छ । टाईगर पार्टी प्यालेस कोभिड पुर्बको समयमा ७ अर्बमा समेत बिक्री भएको थिएन् । तर अहिले भने प्यालेस भुसाल ट्याकटर समुह साथै पोखराको ल्याण्डमार्क समुहले किन्ने करिब करिब सहमति भए पनि क्रेताकै कारणले रोकिएको ब्यवसायीहरुले बताए । पर्यटन ब्यवसायहरु दैनिक रुपमा पलायन भएका छन् ।

भैरहवाको लुम्बिनी सेरोफेरोमै मात्र आन्तरिक तथा बाहय पर्यटन ब्यवसायबाट प्रत्येक्ष रुपमा लाभ लिईरहेका होटल रेष्टुहरुमा काम गर्ने करिब २० हजारले रोजगारी गुमाएको पर्यटन ब्यवसायी सन्तोष न्यौपानेले बताए । कोभिडका कारण होटल बन्द भई होटलहरुले घरमा राखेका कारण फाईभ स्टार होटलले मासिक १० हजार,फोर स्टार होटलहरुले ८ हजार पाँच सय र थ्रिरी स्टार होटलले ५ हजार तलब दिने श्रम मन्त्रालयले दिने सहमती गरे पनि अहिले सम्म पाउँन नसकेको भैरहवाको होटलमा काग गर्ने रमेश गौतमले बताए ।

लुम्बिनी प्रदेशका पर्यटकिय तथा धार्मिक स्थलहरु सुनसान अबस्थामा छन् । लुम्बिनीको मायादबी तिलौराकोट,नेपालगंजको बागेश्वरी मन्दिर,अर्घाखाँचीको सुपादेउराली,गुल्मीको रेसुङ्गा पाल्पाको रानीमहल जस्ता ऐतिहासिक पर्यटकिय तथा धार्मिक स्थलहरुमा दैनिक जसो हजारौको मात्रामा आन्तरिक बाहय पर्यटक तथा धार्मिक भतmालुहरु भिड लाग्ने गर्दथ्यो । अहिले कोभिडका कारण बिदेशी पर्यटकहरु सुन्य अबस्थामा छन् भने सोदेशी पर्यटक नगन्य अबस्थामा छन् । जसका कारण लुम्बिनी प्रदेशकै अर्थतन्त्रमा निकै नै प्रभाब परेको पाईन्छ । हजारौले रोजगारी गुमाउन र ब्यबसायबाट नै बिस्तापित हुन बाध्य भएका छन ्। अन्तराष्टिय ब्यवसायलाई समेत सत प्रतिशत असर पारेको रुपन्देहीका भैरहवाका पर्यटन ब्यवसायी चोपलाल पाण्डेले बताए ।

लुम्बिनी प्रदेशका होटल ब्यवसायी पलायन हुदै ः

लुम्बिनी प्रदेशमा कोरोनाका कारण होटल ब्यवसायीको अबस्था निकै पिडादायी बन्यो । कपिलबस्तु स्थायी घर बताउने ४२ बर्षिय सन्दिप पौडेल ८ बर्ष कतारमा रोजगारी गरि नेपाल फर्किए । सुन्दर भबिस्यको सपना लियर घर आएका पौडेलले नेपाल फर्किएको १ बर्ष पोछी होटेल ब्यवसाय संञ्चालन गर्ने निर्णय गरे। रुपन्देहीको सैनामैना २ मा करिब २० लाख लगानी गरि होटल संञ्चालन गरे ।होटेल संञ्चालन भएको २ महिनामै कोरोना सुरु भई लकडाउन संगै होटेल पुरै बन्द नै भयो । बिदेशमा गयर कमाएको सवै पैसा होटेलमा लगानी गरेका पौडेल अहिले निकै तनाब भएको बताउछन् । पौडेलले भने, अब उमेर नि छैन,पैसा पनि छैन,ब्यवसाय नी बन्द अबस्थामा छ, निकै पिडा छ, । यसरी उनी जस्ता साना होटल ब्यवसाय करिब २ हजारको संख्यामा कोरोनाका कारण बन्द भएको होटल ब्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष भास्कर काफ्ले बताए । अध्यक्ष काफ्लेका अनुसार लुम्बिनी प्रदेशभर करिब ६० हजारको संख्यामा रोजगार श्रृजना गरेको सो ब्यवसायमा केही समय सबै जसो श्रमिकहरुको रोजगार नै पुरै गुम्यो, अध्यक्ष काफ्ले भने,‘सबै रोजगारीका २० प्रतिशत श्रमिक हरुको अहिले रोजगार नै गुम्यो,श्रमिहरु पलायन भए, साना ब्यवसाय बाके जिल्लामै मात्र २ सय जति कोरोनाकै कारण बन्द अबस्थामा छन्, प्रदेश भर करिब २० हजारको संख्यामा रहेको हाम्रो ब्यवसायको कथा निकै पिडादायीक छ, । राज्यबाट खासै त्यस्तो राहतको बिशेष कार्यक्रम केही आएन,रोजगार गुमेका श्रमिकहरु दैनिकी कष्टकर नै छ’।

दाङ्गका एक होटमा बिगत ५ बर्ष देखी का गरेका ३१ बर्षिय सन्तोष नेपालीले अहिले २ बर्षदेखी तलब भएका छैनन,मात्र आफुले खाने बस्ने गरेको बताउछन् । नेपाली भने,‘मेरो घर गुल्मी हो रोजगारीका लागी यहाँ छु,कोरोना सुरु नहुदै खान बस्न तबल निकै राम्रो थियो,।अहिले त होटल नै खासै चलेको छैन कसरी तलब माग्ने,घरपरिवारमा जाने आउने मात्र भयो एक पैसा दिन सकेको छैन रिण खोजेर परिवार चलाएको छ’ ।

लकडाउनको यात्रामा मजदुरको ब्यथा

गुल्मीको रुरु क्षेत्रमा काम गर्ने मजदुर तुल्सीराम थारु सहितका मजुदुरको कथा लकडाउनका कारण निकै पिडादायी बन्यो । तुल्सीराम थारु सहितको दाङ्ग र नेपालगञ्जका २२ जना मजदुरले लकडाउनकै दिनमा सम्म गुल्मीमै काममै ब्यस्त भए । लकडाउन भएपछि उनीहरुको काम पनि बन्द,भयो हिडुल पनि बन्द, ठेकदार पनि सम्पर्क वाहिर भयो ।

बिजय नाम बताउने ठेकदार एक एक हजार रुपैया दियर केही दिन अगाडी वाट ने सम्पर्क बिहिन भए ।ठेकेदारले उनिहरुलाई २९ दिन सम्म लगातार काम गराएर गायब भएको मजदुर तुल्सीराम थारुले बताए । थारुले भने, ‘हामी सवै मजदुरहरुले १ हजारका दरले बुझेका थियौ, उदारो खाएको तिरियो उल्टै अझै माईनस भयो,ब्यापारिले रासन पानी दिन छोडे पैसा पनि सकियो, अनि कि घर जाने कि मर्नुको बिकल्प भएन, कोही वोल्दैन,कसैले भेट्दैन उनले भने’।

भोको पेट मनभरि पिडा,गहँभरी आसु लिएर तुल्सीराम सहितका मजदुरहरु गुल्मीवाट वाके नेपालगञ्जको बैज्ञनाथ गाउँपालिकाको यात्रा तय गरे उनीहरु भोकभोकै यात्रामामा अगाडी वढे बिभिन्न प्रतिक्षालय जङ्गलहरुमा वस्दै वस्दै उनिहरु ३ दिन पछि अर्घाखाँचीको सितगंगा नगरपालिका वाड २ सितापुरको प्रतिक्षालयमा बेजोडले पानी परिरहेको अवस्था वसिरहेको थिए । स्थानिय समाजसेवी झनक केसीले भेटे उनलाई भगवान जस्तै मानेर उनिहरु आखा वाट आसु खसाल्दै भने,‘रोग भन्दा भोकले नै ज्यान जाने भो ,भन्दै भक्कानिए केही मजदुरहरु त खान नपाएर वोल्ने नसक्ने भएका थिए’ । स्थानिय समाजसेवी झनक केसीले सुरुमा चिउरा चाउचाउ ख्याए अनि बल्ल कुरा सुरु गरे । झनक केसी ले भने,‘पिडानै पिडाले भरिएका मजदुरहरु देख्दा सूरुमा म पनि भक्कानी उनी उद्धार गर्ने योजना वनाए केसीले अगाडी भने, बिभिन्न निकाएमा कुरा गर्दा पनि कसैले कुरा सुनेनन् सवै मौन नै रहे,अनि मितज्यु सामाजिक संस्थाको आर्थिक सहयोगमा नगरपलिका प्र्रमुख प्रशासयिक अधिकृत अर्जुन गौतम संग समन्वय गरि नगरपालिकावाट पत्र बनाए केसीले भने,

दिउसभरीको लामो मेहनत पछि लु १ ख ८१२८ नम्वरको बसको ब्यवस्था गरि त्यहावाट झनक सहितको टोलीले उनीहरुलाई बिदा गरे ।

उनीहरुको यात्रा बिभिन्न अवरोधका बिच सितगंगा नगपालिकाको ठाडावाट भालुभाङ्ग सम्म त पुगे तर फेरी रात पनि परेयो,उनीहरुलाई गाडीमा अगाडी जान नदिएपोछी वस चालक कृष्ण गैरे उनीहरु त्यही रोकीदिएको बताए ।

रातारात फेरी ५ घण्टाका यात्रा गरि लमही पुगे ।अर्को दिन उज्वालो भयो पेटमा चिउरा चाउचाउ वाहेक केही थिएन ।अनि उनीहरु वाटैमा छटपटाउन थाले दाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारीको टिमलाई पटकपटक आग्रह गर्दा वास्ता गरेनन,नगरपालिकाले पनि वास्ता गरेन,अनि उनीहरुको पिडा देखेपछि त्यहाको प्रहरीले खाधान्न बोक्ने भे ख ३०९९ नम्वरको ट्रकमा नेपालगञ्ज तर्फ लागे । समाचार तयार पार्दा सम्म ६ दिन पछि नेपालगञ्ज पुगी बैज्ञनाथ गाउँपालिका सम्मपर्कमा पुगे । उनीहरुले भने,अब वाचिन्छ होला यति भएपछि घरमै आईयो’।

बिदेशी भुमिमा लुम्बिनीका कोरोना प्रभाबित मजदुर ः

कपिलबस्तु बुद्ध २७ बर्षिय महेश खनाल दोस्रो पटक रोजगारीको शिलशिलामा दुवैमा छन् । कोरोनाका कारण काम गर्ने कम्पन्नी ठप्प भएको उनले बताए । भुसालले भने,‘लामो समयदेखी काम वन्द भयो,रुममै वसेको छु,पहिला कमाएको पनि सकिन लाग्यो अव के गर्ने होला,कोरोनाले गर्दा रोजगारी पनि हरायो घरमा जान पनि पाईएन्, बिदेशी भुमिमा अव कसरी सहज रुपमा रोजगारी पाईएला र?सरकारले कहिले कसरी घर जाने वातारण वनाईदेला’ ? सोही स्थानका टिकाराम भुसालको भनाई पनि उस्तै छ।

रोजगारीका लागी बिभिन्न देशमा दिनरात श्रम गरि पसिना वगाईरहेका आम नेपालीको कथा आज दिनप्रतिदिन कारुणिक बन्दै गएको छ । यता अर्घाखाँची सितगंगा घर भई हाल कतारमा रोजगारीको शिलशिलामा गएका महेश नेपालीको पनि ३ महिना देखी काम वन्द बताए । उनले भने,‘पहिलाको कमाई पनि सकियो राजदुतावासलाई फोन गर्दा फोन रिसिभ हुदैन । रमेशले भने,दिनरात भोक निन्द«ा लाग्न छोड्यो कम्पनी वन्द ,फोन कतै उठदैन्,सरकारले हामीहरुलाई नेपाल मात्र लगिदिए हुन्थ्यो रोग भन्दा भोककै डर हुन लाग्यो ।

बिश्व जगत नै आज कारोनाका कारण हजारौ नेपालीको रोजगारी गुमेको छ ।बैदेशिक रोजगारका लागि विदेश पुगेका थुपै्र नेपालीले रोजगारी गुमाएका छन् । कारोना भाईरसका कारण उधोग ब्यवसाय वन्द हुदा विदेशमा रहेका कैयौ नेपालीहरुलाई प्रत्येक्ष असर पारेको छ ।

बिभिन्न देशमा कार्यरत थुप्रै नेपाली कामदारहरुले रोजगारी गुमाउने अवस्थामा रहेको रोल्पा घर भै हाल साउदी अरबमा रोजगारीको शिलशिलामा रहेका ३५ बर्षिय राजु घर्तिमगर बताए । उनले भने‘कतिपयलाई कम्पनीले घर जान भनेको र केहीले रोजगारी नै गुमाएको अवस्था छ ,तर घर फर्कन नसकेको अवस्था छ’। सोही ठाउँकै प्रेम घर्ति ३१ क पनि रोजगारी गुमेको बताए । उनले भने,‘कम्पनीले घर जान भनेको छ एअरपोर्ट वन्द छ,जागिरको कुनै ठेगान कम्पनी वन्द भएको धेरै भयो नेपाल जानु को विकल्प छैन तर कसरी जाने अन्योलता छ’।

बेतलबी बिदामा राखिएका वा रोजगारी गुमाएका साथै जोखिम मोलेरै भएपनि रोजगारी गरिरहेका नेपालीहरु लकडाउनका कारण स्वदेश फर्कन सकेका छैनन् ।

मलेसियामा रोजगारी गुमाएका अर्घाखाँची मालारानीका २९ बर्षिय भिम केसीलाई पनि पटक पटक घर जान भनेको र अव पैसा र रोजगारी दिन नसक्ने भनेर कम्पनीले जानकारी दिएको उनको भनाई छ ।

जागिरको कुनै सुनिश्चितता नभएको स्थितिमा नेपालीहरु नेपाल फर्कर्नुको अर्को विकल्प नभएको धेरै नेपालीहरुले बताएका छन् ।(कोभिड १९) का कारण केही नेपालीहरुले विदेशमै ज्यान गुमाउनु पयौ भने केही ब्यतिmहरु संक्रमणका कारण उपचार गरिरहेको अवस्था छ ।

यसरी विदेशी भुमिमा हजारौ नेपालीहरु बेरोजगार भएका छन् । आज कैयौ नेपालीहरु गाँस वास लगाएतका बिभिन्न समस्याहरु संग जुद्धिरहेका छन् । नेपालीहरुलाई सरकारले छिट्टै नेपाल ल्याउने वातावरण मिलाउन पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै