१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार

वैदेशिक रोजगारीले नदिएको सन्तुष्टि भैंसी पालनले दियो

Workplace

१९ माघ, अनिल नेपाली अघांखाँची । मलाई स्बेशम पनि यही विदेश पनि यहि मन्दै अधिकांश मानिस सुख र सम्पन्नता प्राप्तिका लागि विभिन्न तरिकाबाट भौंतारिरहेका हुन्छन् । जसका लागि कोही विदेशिन्छन् भने कोही स्वदेशमै केही गरेर देखाउने दाउमा हुन्छन । धेरैजसोको जसरी पनि कमाउने एकसूत्रीय उद्देश्य हुन्छ । केही चाहिँ भौतिक सुखभन्दा पनि आत्मसन्तुष्टिको खोजीमा हुन्छन् । तर, तालमेल नमिल्दा न भौतिक सुख प्राप्त हुन्छ, न त आत्मसन्तुष्टि नै । ऊर्जाशील जीवन त्यत्तिकै खेर जान्छ । अहिलेका अधिकांश ऊर्जाशील युवाको सपना हो, वैदेशिक रोजगारी । सक्नेहरूको गन्तव्य युरोप, अमेरिका, नसक्नेको खाडी या मलेसिया । आफ््नो देशमा कुनै अवसर नदेख्ने, विदेशमा अवसरै अवसर देख्ने नेपाली युवा जमात देशमा छ । त्यसो त वैदेशिक रोजगारीको सकारात्मक पाटो पनि छ, त्यो हो सीप, प्रविधि, परिश्रम, समयको महत्व । त्यही भएर विदेश जानुअघि आफ्नो देशमा कुनै अवसर नदेख्ने युवाहरू विदेशबाट फर्किएपछि अवसरै अवसर देख्छन् ।

हाल स्वदेशमै कृषि क्षेत्रमा समर्पित युवा कृषि उद्यमी सन्धिखर्क नगरपालिका वडा न ७ का कृषक सन्दिप भट्टराईको विगत पनि त्यस्तै रहृयो । पाँच वर्ष मलेसिया काम गरेर स्वदेश फर्किनुभएका भट्टराईले सात वर्षसम्म विभिन्न ठाउँमा होटल व्यबसाय समेत गनुभयो ।
दुुई वर्षअघि भिडभाड र मलेसिया ‘बाई बाई’ गर्दै सुन्दर, शान्त कर्मथलो आफ्नै गाउँ खाँचिकोट फर्किएर उहाँले ५ लाखको लगानीमा भैसिपालन सुरु गर्नुभयो । त्यसो त मलेसियामा भट्टराई को काम भैसिपालन थिएन, उहाँ होटलमा काम गर्नुहुन्थ्यो, नेपालमा होटल व्यबसाय प्रशस्त भए ता पनि आफुले सिकेको सीप यता काम लागेन । तर, किसानको छोरा भएकाले उहाँलाई भैसिपालन लाई समस्या भने भएन ।भैसिपालनका साथै तरकारी फुल पनि सुरु गर्नुभएका उहाँले अहिले आलुखेतीमा पनि हात हाल्नुभएको छ ।

भैसिपालन पालन गर्न कम लगानीर स्थानीय स्तरमा उत्पादित मकैको पिठो, धानको ढुटोलगायत स्थानीय दाना, घाँस र पर्याप्त क्षेत्र रहेकाले समस्या नरहेको भट्टराई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘३ वटा भैसि पालन बाट व्यवसाय सुरु गरेको हुँ, अहिले ५ वटा भैंसी छन् । भैसि २० वटा सम्म पु¥याउने तयारीमा छु । उत्पादित बस्त’ विक्रीको बजार समस्या छैन दूध ध्यु दहि खपत हुने गरेको बताए । आफूसँग भएको केही रकम र आफन्तबाट सरसापट लिएर व्यवसाय विस्तार गर्दै आएकाले बैंक तथा वित्तीय संस्थाबाट पनि सहुलियत दरमा ऋण लिएको उहाँ बताउनुहुन्छ, अनुदान सहयोग पनि छैन । भट्टराई भन्नुहुन्छ, ‘ऋण त लिएको छु तर व्याज कम तिनुपर्छ , अनुदान पनि छैन, अनुदान पाए हुन्थ्यो, लौ न कसलाई भनसुन गर्नुपर्ने हो, मिलाइदिनुप¥यो ।’ भैसि बिमा गराएको छु तालिम लिएर व्यवसायमा हात हाल्नुपर्नेमा त्यत्तिकै सुरु गर्दा पनि खासै समस्या आएको छैन,’ भट्टराई भन्नुहुन्छ, ‘तालिम लिएको छैन, काम गर्दै सिक्दै यहाँसम्म आइपुगेको छु । राम्रो हुँदै गएको छ,भैंसी पालनले आम्दानीका साथै सन्तुष्टि पनि मिलेको छ बाहिर मानिस पनि लगाएको छैन घरका परिबार मिलेर नै हामीले व्यबसाय सुरु गरेका छौ विदेशमा श्रीमानले त्यो तढपाई देख्दा अहिले घर परिबारका सगै उत्पादमा लाग्दा सुन्तुष्टी मिलेको उनीकी श्रीमति रिता पौडेल भट्टराईको भनाई रहेको छ । भट्टराईले अहिले ७ रोपनी जग्गामा घास खेती गरेका छन भट्टराईले मासिक ४० देखि ५० हजार कमाउनका लागि विदेश जान नपर्ने बताउदै स्बदेशकै माटोमा पसिना बगाएर विदेशमा जस्तो पैसा कमाउन सकिने भट्टराई बताउछन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै