९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

अर्घाखाँचीमा बन्दका क्रममा जिल्ला सदस्य सहित नेकपाका १३ जना कार्यकर्ताहरु पक्राउ

Workplace

अनिल नेपाली अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत जिल्लाभर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले गरेको बन्दका क्रममा जिल्ला सदस्य नवीन खड्का सहित १३ जना प्रकाउ परेका छन् ।

चुत्राबेसी स्थित भक्तिटोलाबाट बन्दका क्रममा विप्लव नेकपा अर्घाखाँचीका जिल्ला सदस्य नवीन खड्का प्रकाउ परेका छन् । यस्तै सिद्धाराको धानखाेलाबाट बन्द गराउन सडकमा निस्किएका नेत्रविक्रम विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका १२ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेकपाका जिल्ला सदस्य सागर पुन, मनु गिरि, सेल सेक्रेटरी कर्ण बहादुर राना होम बहादुर केसि सन्तोष काउछा देबेन्द्र पुन नारायण बहादुर मोहोरा मकर सुनार संखर घर्ती पुण बहादुर राना सन्तराज खत्री पुण बहादुर मोहोरा लगायत १२ जना लाई भालुवाङ ईलाका प्रहरी दारा धान खोलाबाट गिरफ्तार गरेको जिल्ला सेक्रेटरी खेम घर्ति मगरले जानकारी दिनु भएको छ ।

उता विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अघांखाँचीले आजको नेपाल बन्द सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय समितिले निणंय अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न, बढ्दो मूल्यवृद्धि नियन्त्रण गनं भन्दै नेकपाले नेपाल बन्दकाे गरेको थियोे बन्द पछि साझ भतिटाेलामा अायाेजित काेणसभालाई सम्बाेधन गदै नेकपाका जिल्ला सेत्रेटरि खेम घतिले कार्यक्रममा जिल्लाका उद्योगी, व्यापारी, यातायात व्यवसायी, शिक्षक, बुद्धिजीवी, विद्यार्थी, सञ्चारकर्मी , मजदुर, किसान, कर्मचारी प्रहरी सबैसबैलाई धन्यवाद व्यक्त गदै नेपाल कम्युनिस्ट पार्टीका सेक्रेटरी खेम घति मगरले “जनताको पिरमर्कालाई बुझ्ने पार्टी भएको जनताले सहयोग गनें बताउदै जनताको हरेक किसिमका समस्यामा नेकपाले चरण बन्द आन्दोलन गनें बताए नेपाल कम्युनिस्ट पार्टीले पूर्वघोषित कार्यक्रम अनुसार कात्तिक २५ गतेबाट शृङ्खलाबद्ध सङ्घर्षका कार्यक्रम गर्दै आएको थियोे ।

सोही अनुसार आज नेपाल बन्द भएको थियो । नेपाल बन्द शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको जानकारी दिएका छन् । बन्द बिहान पाँच बजेदेखि ५ बजेसम्म एकदिनको लागि गरिएको थियो । बन्द पछि नेकपाका जिल्ला सदस्य नवीन खड्कालाई प्रहरिले विना कारण पत्राउ गरेकोे भन्दै रिहा नगरे ठुलाे मुल्य चुकाउनु पनें बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै