अर्घाखाँची ।
विदेशी फेसनको असर जिल्लामा विस्तारै देखिन थालेको छ । फेसनको तडक भडकले तिहारको मौलिकता हराउदै गएको हो ।
अर्घाखाँचीको मालारानी गाउँपालीका-५ बाँगीका मान ब. कुँवर लाई अहिले पनि भैलेनीको खुब याद आउँछ । १४,१५ वर्षको उमेरमा भैली खेल्दा साथीहरु खेल्न जान्थे जम्मा भएको चामल रोटी बोराभरि बोकेर सातगाउँ डुलेको
सदैव रमाइलो गर्ने ६२ वर्षीय कुँवरलाई उहिलेको भैलेनी सम्झिँदा अहिले पनि मारुनी बनेर नाचौँ नाचौँ मन लाग्छ । महिलाको वेशमा पुरुषले सोरठी गीतमा नाच्नुलाई मारुनी भनिन्थ्यो । नाच्न हेन पाइने थिएन किनकि हेर्ने आउनको ठूलो भिड हुने गर्थेयो ।
गाउँभरिका तन्नेरी जम्मा भएर भैली खेल्दा, मारुनी नाच्दा रमाइलो हुन्थ्यो । कात्तिके दान जबर्जस्ति नगरी जसको घरमा जे छ, त्यही दिने चलन थियो । चामल, धानलगायतका अन्न धेरै दान पाइने भएकाले बलिया युवा भैलेनीमा खोजी हुन्थे । बारीका कान्ला होस् वा बाटोका पर्खाल भैलेनीमा हिँडेका युवाले जरक्कै भारी बोकेर पार लगाउँथे ।
बलिराजाका कथा सोरठीको भाकामा गाउँदै मारुनी नाच्दा सातगाउँ डुलेको र रात कटेको पत्तै हुँदैनथ्यो । राँको बालेर अक्करे भीरको बाटोमा हल्ला गर्दै हिँडेको तन्नेरी जोश अहिले बुढ्यौलीमा झल्झली याद आउँछ कुँवर बताउछन् ।
आज भोलि डेकलगाएर हिन्दी गीत अङ्ग्रेजी गीत नभएर पन्जाबी केरला गीतमा नाच्ने चलन बढेको छ । हाम्रो संस्कृति लोप हुने डर बढेको छ । अर्कोतर्फ भैली खेल्ने संस्कृति नै लोप हुने अवस्थामा छ ।
कुँवर भन्छन ‘आज भोलि एउटा गाउँको कथा जस्तो हुन लाग्यो नभैलेनीका गीत सुनिन्छ, न त नाच भैलेनीको जस्तो हुन्छ । डिस्को बाहेक अरु केही सुनिदैन “