१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

पत्रकार महासंघ अर्घाखाँचीद्वारा दुर्घटनामा घाइते पत्रकार विकलाई आर्थिक सहयोग

अशोक खनाल , अर्घाखाँची ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले कार्यसमिति सदस्य बसन्त कुमार बिकलाई आर्थिक सहयोग गरेको छ ।

कार्तिक ७ गते बुटवल बाट अर्घाखाँची आउने क्रममा कपिलवस्तु जिल्लाको बुद्ध भुमिका नगरपालिकाको बसन्तपुरमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते बिकको उपचारार्थ महासंघले आर्थिक सहयोग उपलब्ध गराएको हो ।

शाखाका अध्यक्ष अशोक कुमार खनाल लगायत पदाधिकारीहरुको टोली पत्रकार विकको घरमा पुगि आज उक्त रकम उनकी आमालाई हस्तान्त्रण गरेको हो । बुधबार नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको पदाधिकारिहरुको बैठकले उनको उपचार्थ पचास हजार दिने निर्णय गरेको थियो ।

विकको काठमाडौँ विर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भैरहेको छ । उनको टाउको र ढाडमा गम्भीर चोट लागेका छ । बिक खतरा मुक्त रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै