२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार

अखिल भारत नेपाली एकता मंच दिल्लीको भेला सम्पन्न, दर्जन नेता प्रवेश

Workplace

दिल्ली ।

माओवादी निकट अखिल भारत नेपाली एकता मंच दिल्लीको भेला सम्पन्न भएको छ । कार्यक्रममा एक दर्जन नेता प्रवेश गरेका छ्न ।

भारतको राजधानी दिल्ली डिफेंस कॉलोनी आर्या मन्दिर कार्य्रकममा विभिन्न संघ सङ्गठनबाट नेता राजु बिक , बिक्रम सुनार , देवीलाल मल्ल लगाएत राज्य नगर स्तरीय नेता कार्यकर्ताहरुले आफ्नो सङ्गठन परित्याग गरि एक दर्जन भन्दा बढी नेता कार्यकर्ता माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा देश विकास र सम्बृद्धि ,कम्युनिस्ट पार्टीको एकता नेतृत्व गर्न सक्ने आसा बिश्वासका साथ अखिल भारत नेपाली एकता मंचमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नब प्रबेसिका केन्द्रिय सचिब प्रमुख अतिथि आरबी खड्का अखिल भारत नेपाली एकता मंच केंद्रीय सदस्य नारायण बिक , हुमाकान्त कुँवरले दोसल्ला र अबिरद्वारा भव्य रुपमा स्वागत रहेको थियो ।

अखिल भारत नेपाली एकता मंच केन्द्रिय सचीव आर बि खड्काले राजनैतिक ,सांगठनिक रुपमा प्रक्षिणात्मक मन्तव्य सहित राखेका थिए ।

कार्यक्रममा अखिल भारत नेपाली एकता मंच केन्द्रिय सदस्यहरू मानु क्षेष्ठ, बेल ब पुन, अर्जुन दयाल , कमला पाण्डे ,राज्य उपाध्यक्ष कमला थापा , राज्य सहसचिव अटल परिवार , राज्य सचिवालय सदस्य नारायण विस्ट ,राज्य सदस्य गुन बहादुर पाण्डे ऋतु लिम्बु मोहन भाट प्रमिशा पाण्डे , जमुना थापा ,नवीन गैरे लगायतले मन्तब्य रहेको थियो । भने बिच बिचमा बाल कलाकारहरुको दर्जनौं सास्कृतिक प्रस्तुति पनि रहेको थियो ।

दिल्लीस्थित डिफेन्स कॉलनी आर्य समाज मन्दिरमा भएको कार्यक्रममा दिल्ली युपि हरियाणा सयुक्त राज्य समिति अन्तर्गत नगर अध्यक्ष तरुण बिकको अध्यक्षतामा १७ सदस्यीय दक्षिणी दिल्ली नगर समिति गठन गरिएको थियो ।

कार्य्रकम अध्यक्षता महिला नेतृ कमला भाट कार्य्रकम संचालन तथा समापन अनिल गौतम सुनारले गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै