प्रकाश बेल्वासे , अर्घाखाँची ।
मस्तिस्क पक्षघात भएको बिरामी जव देशकै प्रतिस्ठित अस्पताल ल्याईपुर्याईन्छ-
अस्पताल भन्छ- तुरुन्तै २० लाख जम्मा गर । अनि हामी अप्रेसन गर्न चाहिने सामान र जनशक्ती बाहिर बाट मगाउँछौ ।
उसले भनिरहन्छ-
पैसा, पैसा , पैसा………
आफन्तहरुसँग अल्मलिनुको अर्को बिकल्प रहन्न । महङ्गो भयो भनेर अर्को अस्पताल लानको लागी अप्सन छैन ।
उक्त अप्रेसन त्यो अस्पताल भन्दा अन्त हुनै सक्दैन रे !
बिकल्पको रुपमा रहेको सरकारी अस्पतालको ट्रमा सेन्टरमा रहेको मेसिन बिग्रेको कारण
लाखौ खर्च गरेर उक्त अस्पतालमा उपचार गर्नु बाहेक केहि अर्को उपाए छैन । हत्तेरिका, यस्तो पनि देश !!
बिकल्पै नभएसी,
करिब ३०/ ३५ लाख खर्च लाग्ने उक्त अस्पतालमा पैसा डिपोजिट गरिन्छ ।
बढो जुगाडले भनेजति २० लाख पैसो डिपोजिट भयो, तर उपचार तत्कालबाट सुरु हुन्न ।
पैसो बुझाएसि,
सामान मगाउनि रे ! जनशक्ति मगाउने रे !
अनि बल्ल दुई/ चारदिनमा सामान आएसि उपचार सुरु हुने रे !
त्यतिन्जेल आईसियुमा राखिएको बिरामीको बारेमा के हुन्छ भन्न नसकिने रे !
त्यत्रो २० लाख बुझाउँदा पनि ल अब उपचार हुने भयो भन्ने आधार आफन्तहरुलाई छैन ।
अस्पतालले सजिलै भन्छ- हाम्रो हातमा केहि छैन ।
र पनि आफन्तहरुका बिच सहनुको बिकल्प छैन ।
परेपछी थाहा हुँदोरहेछ,
देश कस्तो छ । देशको स्वास्थ्य अबस्था कस्तो छ । हामी कुन युगमा छौँ ।
यो देशमा सामान्य मान्छे बाँच्ने आधार के हो ?
यो देशमा कस्ता मुद्धाहरुमा राजनीति भैरहेको छ !
हत्तेरिका,
यस्तो पनि देश ।