नेकपा (एमाले) अर्घाखाँचीको वडा र पालिका अधिवेशनको तयारी पुरा

अर्घाखाँची ।

नेकपा एमाले अर्घाखाँचीको वडा र पालिका अधिवेशन को तयारी पुरा भएको जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले कार्तिक ६ र ९ गते हुने वडा र पालिका अधिवेशनको तयारी अन्तिम चरणमा पुराएको हो ।

कार्तिक २ गते पार्टी जिल्ला कार्यालयको विस्तारित बैठकको योजना अनुसार गाउँ÷नगर कमिटीको बैठक वसी वडा अधिवेशनको लागि सबै तयारी पुरा गरेको छ । अधिवेशनको लागि आवश्यक पार्टी सदस्यता अद्यावधिक गर्ने काम सम्पन्न भएको छ । वडा कमिटीहरुले पार्टी सदस्यहरुलाई सुचना प्रवाह गर्ने, अधिवेशनको लागि आवश्यक कागजात तयारी लगायतको काम नेकपा एमाले अर्घाखाँचीले सम्पन्न गरेको छ ।

अर्घाखाँचीका ६१ वटा वडाहरुमा कार्तिक ६ गते एकैदिन वडा अधिवेशन सम्पन्न हुनेछ । अधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । उक्त दिन पार्टीका ९६३२ जना पार्टी सदस्यहरु सहभागी हुनेछन् । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने उक्त कार्यक्रममा जिल्लाका करीव २५ वटाहरु भर्चुअल माध्यममा जोडिने गरि तयारी गरिएको छ ।

वडा अधिवेशनबाट पार्टी एकताको मर्म र भावना अनुसार वढिमा ३१ सदस्यीय वडा कमिटी गठन हुनेछ । वडा कमिटीमा १ जना अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिव गरि ५ जना पदाधिकारी चयन हुनेछन् । पदाधिकारीमा १ महिला अनिवार्य र कमिटीमा ३३ प्रतिशत महिला विधानमै सुनिश्चित गरिएको छ भने स्थानीय रुपमा जातजातीको अवस्थिती अनुसार कमिटी समावेशी बनाइनेछ ।

वडा अधिवेशन सम्पन्न गर्नका लागि जिल्ला कमिटी सदस्यहरुलाई जिल्ला प्रतिनिधिको रुपमा वडाहरुमा खटाइएको छ । वडा अधिवेशनकै दिन पालिका अधिवेशनका लागि प्रतिनिधि समेत छनौट गरिनेछ । जिल्लाले तय गरेको मापदण्ड अनुसार समावेशी तर्फ ५ जना पार्टी सदस्य बरावर १ जना र खुल्ला तर्फ ८ जना पार्टी सदस्य वराबर १ जना प्रतिनिधि पालिका अधिवेशनको लागि छनौट हुनेछ । यस सम्वन्धि परिपत्र समेत वडा तथा पालिका तहसम्म पठाइसकिएको कार्यालय सचिव लिल बहादुर बि.कले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

- Advertisement -spot_img
-Advertisement-spot_img