शिव सुवेदी ,गुल्मी ।
शहरी विकास मन्त्री रामकुमारी झाक्रिले गुल्मीको माटाेले फेरि गुल्मी वाेलाएकाे वताएकी छन । लामाे समय नेपाली राजनीतिमा सक्रिय रहेपनि गुल्मीलाई आफ्नो भुगाेल वनाउन नपाएकाे गुनासो गर्दै मन्त्री झाक्रीले आगामी निर्वाचनमा गुल्मीवाटै चुनाव लडने वताईन ।
नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी पाटीकाे प्रथम जिल्ला भेलालाई सम्बाेधन गर्दै उनले लामाे समय गुल्मीमा रहेकाे राजनीति सिन्डिकेट भत्काउन सफल भएकाे भन्दै अब यहीँ गुल्मीवाटै निर्वाचन लडेर जनप्रतिनिधि वन्ने दावी गरिन ।
गुल्मीको माटाेमै हुर्केको चेली भएकाले गुल्मीको समृद्धिको लागी सदैव प्रयत्नशिल रहने प्रतिवद्धता समेत जनाएकि छन ।
केही साथिहरूले बनिबनाउ घरकाे नाममा दास बन्न काेशिस गरेकाे भन्दै उनले ती मान्छेहरु भाेली पछुताउने वताईन । गुल्मीमा कम्युनिस्ट पाटीले लगातार निर्वाचन जितिरहेकाे र सत्तामा पुगेकाे भए पनि यहाँको विकास निर्माण र नागरिकहरुकाे जिवनस्तर माथि उकास्ने उपलब्धि खासै नभएकाे उनको भनाइ थियाे ।
एकीकृत समाजवादी पाटीकाे केन्द्रीय सचिव समेत रहेकी नेतृ रामकुमारीले कम्युनिस्ट आन्दोलन र समाज बदल्नका लागि एकीकृत समाजवादी पाटीकाे स्थापना गरेकाले यही पाटीमा सबैलाई लाग्न आग्रह गरिन् ।
मन्त्री भएपछि केही नयाँ काम गर्नुपर्नेछ भन्ने साेचेकी छु उनले भनिन` वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने हाे ।´ उनले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गर्ने बताइन् ।
भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै लड्दै आएको र आगामी दिनमा पनि लड्ने उनकाे भनाई रहेकाे थियाे। शहरी विकास मन्त्री झाक्रीले स्मार्ट सिटी मात्र नभई बस्न योग्य सहर बनाउनेतर्फ मन्त्रालयले ध्यान दिने बताइन् ।