दिल्ली ।
अखिल भारत नेपाली एकता मंचले सम्मान तथा स्वागत कार्य्रकम सम्पन्न गरेको छ ।
भारतको उत्तर प्रदेश नोएडामा कार्य्रकममा रास्ट्रीय जनमोर्चा निकट सङ्गठन,एमाले,नेत्र बिक्रम निकट सङ्गठन तथा संघ – संस्था तथा विभिन्न पेशागत रुपमा काम गर्ने सुदूरपश्चिम प्रदेशका कर्णाली प्रदेशका नेता कार्यकर्ताहरुले आफ्नो सङ्गठन परित्याग गरि झन्डै दुई दर्जन भन्दा बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रको नेतृत्वमा देश विकास र सम्बृद्धि ,कम्युनिस्ट पार्टीको एकता नेतृत्व गर्न सक्ने आसा बिश्वासका साथ अखिल भारत नेपाली एकता मंचमा प्रवेश गरेका छन् ।
नेतृत्व पहल तथा सङ्गठन निर्माणमा अखिल भारत नेपाली एकता मंच केन्द्रीय सचिब आरबी खड्का तथा एकता मंचका केन्द्रीय सदस्य माधब बिष्ट , एकता मंच केन्द्रीय सदस्य नारायण बिक ,एकता मंच केन्द्रीय सदस्य बेल बहादुर पुनको निर्देशनमा तथा कार्यक्रममा नब प्रबेसिका साथीहरुलाई अखिल भारत नेपाली एकता मंच केन्द्रीय समिति अन्तर्गत
दिल्ली यूपी हरियाणा संयुक्त राज्य सचिवालय सदस्य नारायण बिष्टले दोसल्ला र अबिरद्वारा भव्य रुपमा स्वागत गर्नु भएको थियो ।
नब प्रबेसिका टिमको नेतृत्व गर्दै महिला नेतृ अनिता नेपालीले प्रतिबद्धता मन्तव्य राख्नु भएको थियो । प्रवेश गर्नु हुने मुख्य नेतृत्वहरू सन्दीप नेपाली ,सोनाक्षी नेपाली , देवेन्द्र नेपाली ,गीता नेपाली ,राम बहादुर नेपाली,बुद्ध बहादुर नेपाली ,कमला नेपाली ,रूपा नेपाली ,सुनीता नेपाली ,अंजू नेपाली ,ख़ुशी नेपाली , युवा , महिला नेतृ लगायत २दर्जन नेता कार्यकर्ता प्रवेश गरेको थिए ।
महिला नेतृ अनिता नेपाली नेतृत्वमा उत्तर प्रदेश नोएडा १५ सदस्यीय कमिटी गठन भएको छ ।

























